रवि शर्मा
Advertisement
चीन, इटाली, स्पेन पछि अमेरिका
विश्वभरी कोरोनाले रुने बनायो,
जति पटक बाहिर गयो अनि भित्र आयो
तुरुन्तै साबुनपानीले हात धुने बनायो ।
निकै कठिन भयो स्वास्थ्यकर्मीलाई
अरुको ज्यान बचाउन,
गार्हो भयो जनतालाई
दैनिक जीवनयापन गुजार्न ।
थाकिसक्यो विश्व स्वास्थ्य सङगठन पनि
आपतकाल नै लगाउनु पर्यो,
जीवन गुमाउनेको संख्या पनि दिनदिनै
दोव्बर हुँदै अघि बढ्यो ।
काल बनेर घुमेको छ कोरोना, होसियार बनिरहनु,
छोड्ने छैन ज्यामी, भन्दैन त्यो किसान,
न कोही धनी, न कोही गरिव
बनाउँदैछ सबैलाई आफ्नो निसाना ! !