टोकियो । जापानको फुकुओ सहरमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
जनवरी २५, २०२४ बिहीबारका दिन दक्षिणपश्चिम जापानमा मिनिबस टेलिफोनको पोलमा ठोक्किँदा चालकसहित १६ जना घाइते भएका हुन् ।
बसमा १८ विदेशी नागरिक भएको र त्यसमध्ये १६ जना नेपाली रहेको जापानी समाचार संस्थाले जनाएका छन् । घाइते हुनेमा चालक र अर्का एक जापानी तथा दुई जना फिलिपिनो नागरिक रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा १३ महिला र सात पुरुषलाई अस्पताल लगिएको थियो । घाइतेमध्ये एक पुरुष र एक महिलासहित तीन जनाको हाड भाँचिएको बताइएको छ ।
घाइते अधिकांश नेपाली विद्यार्थी तथा पारिवारिक भिसामा रहेकाहरू भएको पाइएको छ । दुर्घटनापछि बिहीबार साँझ नै अधिकांश नेपाली समामान्य उपचारपछि घर फर्किएको र पाँच जना भने अस्पताल भर्ना भएर उपचार गराइरहेको बताइएको छ ।
बस दुर्घटनाका ६० वर्षीय चालक निदाएको र अर्को गाडीबाट बच्न अचानक बसलाई घुमाउँदा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
घट्नाको अनुसन्धान भइरहेको बताइएको छ ।