बागलुङबजार । बागलुङको बडिगाड गाउँपालिकामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को गाउँपालिका भेला सम्पन्न भएको छ ।
अप्फाका महासचिव तुल्सिराम सापकोटाको प्रमुख आतिथ्यमा २०८० पुस २६ गते बिहीबारका दिन उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै महासचिव सापकोटाले नेपाली किसानको समस्या गम्भीर अवस्थामा पुगेकाले त्यसको समाधानका लागि सङ्गठित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बडिगाड गाउँपालिका समितिका अध्यक्ष बमबहादुर थापाको पनि आतिथ्य रहेको थियो ।
भेलाले नरबहादुर काउचाको अध्यक्षतामा नौ सदस्यीय अप्फाको बडिगार्ड पालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा टोपबहादुर, सचिवमा यमबहादुर सलामी र कोषाध्यक्षमा द्रौपति पुन रहनुभएको छ भने सदस्यहरूमा ज्ञानबहादुर थापा, टोपबहादुर श्रीस, खडकबहादुर खत्री रामबहादुर बुढा र लक्ष्मण परियार रहनुभएको छ ।
भेलाको सञ्चालन दुर्गा अर्यालले गर्नुभएको थियो ।