• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रविको स्वीकारोक्ति : ‘रकम बुझिलिएँ’ भनेर कागज गरेको हुँ


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक करोड ८० लाख रुपैयाँ बुझेको भनेर आफूले कागज गरेको स्वीकार गरेका छन् ।

    Advertisement

    सोमबार राति लामो स्ट्याटस लेखेर उनले रकम नलिएको भए पनि रकम बुझिलिएँ भनेर ल्याप्चे लगाएर कागज गरेको बताएका छन्। तर त्यो केवल कानुनी प्रक्रिया पूरा गर्नाका लागि बनाइएको कागज भएको उनको जिकिर छ।

    ‘अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला’, उनले भनेका छन्, ‘जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दै छु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।’

    लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा सहकारीको रकम ठगी गरेको आरोप लागेपछि सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी खण्डन गरेका थिए ।

    यस क्रममा उनले सहकारीबाट निकालिएको १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको प्रमाण भन्दै ग्लोबल आईएमई बैंकको पत्र देखाए।

    • बैंकको पत्र देखाउँदै रविले भने : सहकारीबाट मेरो खातामा एक करोड ८० लाख आएको छैन

    त्यसपछि पनि विभिन्न प्रश्न जन्भिएपछि उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पुनः स्पष्टीकरण दिएका हुन् ।

    उनले रकम बुझेको कागज गरेको स्वीकार गर्दै भनेका छन् :
    आज (सोमबार) को प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पूरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ।

    डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्‍ने कुरै होइन यो।

    अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दै छु। कृपया पूरै पढेर मात्र विचार बनाउनुहोला।

    मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टीभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बीच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत् अर्थात् बिनालगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा।

    यो सेयरलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम, समाचार, कर्मचारी, प्रविधिलगायतको आन्तरिक व्यवस्थापन गर्ने मेरो मूल जिम्मेवारी थियो।

    मेरो नाममा सेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्‍यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रुपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिएँ। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौँ र सबले मम भनौँ। तर मैले छुट पाउनुपर्छ भन्ने मेरो दाबी पटक्कै होइन।

    जब मैले ग्यालेक्सी टीभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिनालगानी लिएको उक्त सेयर बिनारकम नै फिर्ता गर्न सहमति जनाएँ।

    तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको सेयर जसको नाममा नामसारी भई कम्पनी रजिस्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो सेयर किनेको देखिनुपर्ने भएछ। मैले सेयर कसको नाममा नामसारी गरिदिनुपर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरिदिएँ। कम्पनी सेयर किनबेचमा यो अति सामन्य अभ्यास हो र फेरी पनि मैले छुट पाउनुपर्छ भन्ने मेरो दाबी होइन। यो पनि टीभी छोड्दा सारा दर्शकसामु स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको सेयर एक पैसा नलिई फिर्ता गरेको छु, जसमा मेरो एक पैसा पनि परेको थिएन।

    कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर बिक्री भएबापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत सेयर जसलाई बिक्री गरेको हो उसले मलाई रकम दिएको देखिनुपर्ने थियो। त्यही प्रक्रियाकै लागि मैले सेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु (हामीले माथि नै राखिसक्यौँ)।

    मेरो सेयर खरिद गरेबापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियोे जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ। त्यसैका आधारमा सायद भौचर मात्र राखी कम्पनी रजिस्ट्रारको कार्यालयमा जीबी राईको नाममा सेयर नामसारी भई दाखिला पनि भएको हुनुपर्छ।

    यहाँनिर सबैले बुझ्नुपर्ने कुरा के छ भने मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन, किनभने जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।

    यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र सेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थेँ। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो सेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त सेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।

    कुरा यत्ति हो र यसमा मेरो दोष कति भयो कति भएन आफैँ मूल्याकंन गर्नु होला।

    तिर्नु, बुझाउनु,सहनुपर्ने कुरामा म सधैँ राजी नै छु। इमानदारीपूर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक(पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफूमाथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होला ?

    राज्यको निकायलाई झुक्याएको, किर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने केरु कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल सेयर’ भनेर रकम जम्मा नगरी सेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको सेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउँछ। विदेशमा यो सामान्य नै हुन्छ।

    यो मामिलामा गुडविल सेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्नँ। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रस्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।

    गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १.८० करोड उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ।

    भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिऊँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिबद्ध छ।

    आज (सोमबार) को पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै धेरै प्रश्नपनि जन्माएको छ, जसलाई हामीले हल गर्नैपर्छ।

    छलेर, भागेर, तोडेर मोडेरभन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवनबाट आएको मान्छे कमजोरी अनेकौँ छन् तर गल्ती नगर्ने प्रयास जारी छ।

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.