• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रगतिशीलले सरकारलाई ज्ञापनपत्र बुझाउने

"केन्द्रीय समितिको तेस्रो बैठक "

  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले आफ्ना मागको पक्षमा दबाब सिर्जना गर्न नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

    Advertisement

    २०८० माघ ८ गते अध्यक्ष श्यामलाल पोखरेलद्वारा जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।

    माघ ५ र ६ गते कपिलवस्तुको बडहरामा सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न उक्त विज्ञप्ति जारी गरिएको अध्यक्ष पोखरेलले जानकारी गराउनुभएको छ ।

    प्रेसविज्ञप्तिमा सङ्घको केन्द्रीय समिति बैठक प्रत्येक चार/चार महिनामा बस्ने, सोअनुसार आगामी जेठमा प्युठानमा केन्द्रीय समितिको बैठक बस्ने, प्रत्येक वर्षको वैशाख महिनालाई सदस्यता नवीकरण महिना किटानी गर्ने, राष्ट्रिय स्तरको कार्यशाला कार्यक्रम सम्पन्न गर्ने, प्रपस बागलुङका सचिव विजय रानामाथि प्रहरी दमनको विरोधमा कार्यक्रम गर्ने निर्णय गरिएको उल्लेख छ ।

    त्यसैगरी विज्ञप्तिमा प्रथम राष्ट्रिय सम्मेलनका दस्तावेज प्रकाशन गर्ने, प्रदेश इन्चार्जको किटानी, १५ लाख बराबरको अक्षयकोष निर्माण गर्ने, सङ्घलाई दर्ता गर्ने, पत्रकारको दुर्घटना तथा स्वास्थ्यबिमाका लागि पहल गर्ने, केन्द्रीय मुखपत्र “प्रगतिशील” दर्ता गर्ने निर्णय गरिएको उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “प्रगतिशील पत्रकार सङ्घ, नेपाल केन्द्रीय समितिको बैठक २०८० माघ ५ र ६ गते कपिलवस्तुको बडहरामा सम्पन्न भयो । सो बैठकका निर्णयहरू सार्वजनिक गर्नका लागि यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. प्रपसको केन्द्रीय कार्यालय काठमाडौँमा र सम्पर्क कार्यालय रुपन्देहीको बुटवलमा राख्ने निर्णय गरिएको छ ।

    २. गत २०७९ चैत २४ र २५ गते बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित घोषणापत्र, विधान, प्रतिवेदन र बुटवल घोषणा तत्कालै प्रकाशन गर्ने निर्णय गरिएको छ ।

    ३. प्रपस बागलुङका सचिव विजय रानामाथि न्युज रिपोर्टिङको क्रममा गत पुस २१ गते राती भएको प्रहरी दमनका दोषीमाथि कारबाही गराउन केन्द्रीय समितिको आयोजनामा जिल्लामा विरोध कार्यक्रम गर्ने निर्णय गरियो । सो कार्य सम्पन्न गर्न केन्द्रीय सचिव ताराप्रसाद शर्मा र केन्द्रीय सदस्य प्रकाश छन्त्याललाई जिम्मा दिइएको छ ।

    ४. केन्द्रीय समितिको निर्देशनअनुसार पत्रकारको क्षमता विकासका लागि राष्ट्रिय स्तरको कार्यशाला सम्पन्न गर्ने, सङ्घका मागबारे सरकारमाथि दबाब सिर्जना गर्न ज्ञापनपत्र बुझाउने र प्रदेश तथा जिल्लास्तरमा अन्तरक्रिया, प्रशिक्षणमूलक जस्ता कार्यक्रम गर्ने निर्णय भएको छ । त्यससम्बन्धी आवश्यक निर्णय केन्द्रमा सचिवालय र अन्य स्थानमा सम्बन्धित समितिले गर्ने छन् ।

    ५. अबदेखि प्रत्येक चार/चार महिनामा केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरिएको छ । सोअनुसार केन्द्रीय समितिको आगामी बैठक २०८१ जेठ महिनामा प्युठानमा बस्ने छ ।

    ६. सङ्गठनात्मक गतिविधिलाई तीव्रता दिन प्रदेश इन्चार्जबारे निर्णय गरिएको छ । इन्चार्जको व्यवस्था यस प्रकार छ : कोशी प्रदेश र मधेस प्रदेश – प्रकाश थापामगर, बागमती प्रदेश – रमेश पौडेल, गण्डकी प्रदेश – ताराप्रसाद शर्मा, लुम्बिनी प्रदेश – गोपालप्रसाद भट्टराई, कर्नाली प्रदेश – नारायण गिरी, सुदूरपश्चिम प्रदेश – विनोद पौडेल ।

    ७. केन्द्रीय समितिमा माधव भाट (कपिलवस्तु) लाई केन्द्रीय सदस्यमा र सिर्जना सुवेदी (जुम्ला) लाई केन्द्रीय वैकल्पिक सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, बागलुङको का.वा. अध्यक्षमा प्रकाश छन्त्याललाई नियुक्त गरिएको छ ।

    ८. २०८० चैत १५ गतेभित्र आवश्यकताअनुसार प्रदेश र जिल्ला समितिको भेला गर्ने तथा प्रत्येक वर्षको वैशाख महिनालाई सदस्यता नवीकरण महिनाको रूपमा छुट्याइएको छ ।

    ९. सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्‍याब) र पत्रकार महासङ्घको चुनावबारे छलफल भयो । अकोर्‍याब चुनावबारे समन्वय गर्ने जिम्मा शुक्रराज भण्डारीलाई र पत्रकार महासङ्घको चुनावबारे आवश्यक निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मा दिइएको छ ।

    १०. प्रपसको केन्द्रीय मुखपत्र “प्रगतिशील” प्रकाशन गर्ने निर्णय गरिएको छ ।

    ११. श्रमजीवी पत्रकारका लागि आगामी दुई वर्षभित्र १५ लाख बराबरको “पत्रकार सहायता अक्षयकोष” निर्माण गर्ने निर्णय गरिएको छ ।

    १२. अनिवार्य रूपमा पत्रकार दुर्घटना बिमा तथा स्वास्थ्य बिमाका लागि पहल गर्ने निर्णय गरियो ।

    १३. प्रपसको दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।”

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.