• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लेनिनको शताब्दी स्मृतिदिवससम्बन्धी अवधारणापत्र


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • लेनिनको मृत्यु भएको सय वर्ष पुगेको छ । त्यसरी अहिले विश्वभरमा नै लेनिनको शताब्दी स्मृति दिवस मनाइँदै छ ।

    Advertisement

    लेनिन अब हाम्राअगाडि नभए पनि उनको दर्शन र क्रान्तिकारी सिद्धान्त हाम्राअगाडि छन् । माक्र्स, एङ्गेल्सले क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको उच्च रूपमा विकास गरेका थिए भने लेनिनले माक्र्सवादी सिद्धान्तलाई सिर्जनात्मक विकास गर्नुका साथै त्यसलाई ठोस व्यावहारिक रूप दिने काम गरेका थिए । मानवजातिको इतिहासमा लेनिनको सबैभन्दा ठुलो योगदान यो थियो कि उनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति भएको थियो ।

    माक्र्सले आफ्नो समयमा विद्यमान पुँजीवादको विश्लेषण गरेर त्यसभित्रबाट नै समाजवादको विकास हुनु कसरी अनिवार्य छ । त्यो कुरा मात्र स्पष्ट गरेका थिए । त्यो बेला पुँजीवादको स्वरूप प्रतियोगात्मक प्रकारको थियो तर बिसौँ शताब्दीमा पुँजीवादले एकाधिकार पुँजीवाद वा साम्राज्यवादको रूप लिएको थियो । लेनिनले त्यसको विश्लेषण गर्दै यो निष्कर्ष निकालेका थिए कि त्यो पुँजीवादको पतनोन्मुख र सर्वहारा क्रान्तिको अवस्था थियो । लेनिनको त्यो निष्कर्ष खालि सैद्धान्तिक मात्र थिएन, उनको नेतृत्वमा सर्वहारा क्रान्ति पनि सम्पन्न भएको थियो ।

    रुसमा भएको त्यो क्रान्तिपछि स्तालिन र माओको नेतृत्वमा विश्वका अन्य भागमा पनि विस्तार हुँदै गयो । लेनिनले एउटा कम्युनिस्ट पार्टीको सङ्गठनको रूप बुर्जुवा पार्टीको भन्दा बेग्लै हुन्छ र हुनुपर्दछ भन्ने कुरा पनि स्पष्ट गरे र त्यससम्बन्धी सङ्गठनात्मक सिद्धान्तको पनि प्रतिपादन गरे ।

    लेनिनको अर्को महत्त्वपूर्ण योगदान यो थियो कि उनले पार्टीको रणनीति र कार्यनीतिसम्बन्धी सिद्धान्तबारे पनि स्पष्ट अवधारणा तयार पारे । लेनिनको सङ्गठनात्मक प्रणाली तथा रणनीति र कार्यनीतिसम्बन्धी सिद्धान्तले संसारभरिका माक्र्सवादी–लेनिनवादीलाई पथप्रदर्शन गर्दै आएका छन् तर माक्र्सवादी–लेनिनवादी दर्शनमा देखा पर्दै आएको एउटा समस्या के हो भने त्यसभित्रबाट बारम्बार अवसरवादी धारा देखा पर्ने गर्दछन् ।

    माक्र्स, एङ्गेल्स आफ्ना दार्शनिक सिद्धान्तको विकास गर्ने सिलसिलामा विभिन्न अवसरवादी धाराका विरुद्ध सैद्धान्तिक वा राजनीतिक रूपले कडा सङ्घर्ष गर्नुपरेको थियो । लेनिन, स्टालिन र माओले पनि आफ्ना क्रान्तिकारी आन्दोलनको सिलसिलामा विभिन्न अवसरवादी धाराका विरुद्ध सङ्घर्ष गर्नुपरेको थियो । त्यस प्रकारका अवसरवादी धाराका विरुद्धको सङ्घर्षमा विजय प्राप्त गरेर नै क्रान्तिकारी आन्दोलन अगाडि बढ्छन् र सफल हुन्छन् तर विश्व कम्युनिस्ट आन्दोलनको इतिहासले बारम्बार यो पनि देखाउने गरेको छ कि इतिहासका कैयौं कालखण्डमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि अवसरवादी धारा हावी हुन्छन् र त्यसको परिणामस्वरूप क्रान्तिकारी आन्दोलन कमजोर मात्र हुन्न, क्रान्तिद्वारा प्राप्त उपलब्धि पनि समाप्त हुँदै जान्छन् । अहिले विश्व समाजवादी व्यवस्थाको पतन हुनु तथा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक र अत्यन्त कमजोर अवस्थामा पुग्नुको पछाडि पनि त्यही कारणले काम गरेको छ अर्थात् विभिन्न अवसरवादी धारका विरुद्ध माक्र्सवादी, लेनिनवादी सङ्घर्षको पक्ष कमजोर हुनुको परिणामस्वरूप नै त्यस प्रकारको स्थिति उत्पन्न भएको हो ।

    ती कुरा नेपालको कम्युनिस्ट आन्दोलनबारे पनि सत्य हो । यहाँ विभिन्न अवसरवादी धारहरू शक्तिशाली भएका हुनाले नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएर गएको छ । त्यसको परिणामस्वरूप खालि कम्युनिस्ट आन्दोलन कमजोर मात्र भएको छैन, पार्टीका सदस्यको क्रान्तिकारी स्प्रिट, अनुशासन र सक्रियतामा पनि धेरै कमी आएको छ । अर्को शब्दमा नेपालको सम्पूर्ण कम्युनिस्ट आन्दोलनमा सर्वहारा चरित्रमा धेरै नै ह्रास भएको छ र निम्नपुँजीवादी दृष्टिकोण हावी हुँदै गएको छ ।

    सैद्धान्तिक दृष्टिकोणले हाम्रो पार्टी सर्वहारा वर्गको नै पार्टी छ तर सङ्गठनात्मक दृष्टिकोणले हाम्रो पार्टीमा पनि निम्न पुँजीवादी सोचाइ हावी हुँदै गएका छन् । पार्टीको यो अवस्थामा रूपान्तरण गर्नका लागि नै हाम्रो पार्टीले एक वर्षसम्मको लागि ऐतिहासिक तीन अभियानको कार्यक्रम सञ्चालन गरेको थियो । त्यस सिलसिलामा हामीले देशव्यापी रूपमा कैयौँ प्रशिक्षणका कार्यक्रम सञ्चालन गरेका थियौँ । त्यस सिलसिलामा आज हामीले यो लेनिन शताब्दी स्मृतिदिवस कार्यक्रमको आयोजना गरेका छौँ । आज यो लेनिन शताब्दी स्मृतिदिवसको कार्यक्रममा लेनिनले प्रतिवादन गरेका क्रान्तिकारी सङ्गठनात्मक सिद्धान्तका आधारमा कम्युनिस्ट पार्टीलाई सङ्गठित गर्ने प्रतिबद्धता प्रकट गर्नुपर्दछ । त्यसरी नै हामीले सच्चा माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी निर्माण गर्न र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्ने छौँ ।

    आज विश्वमा नै साम्राज्यवाद धेरै नै शक्तिशाली भएको छ र त्यो विश्वको लागि ठुलो खतरा भएर उभिएको छ । त्यसैले विश्व साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने ठुलो जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । त्यसका साथै नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कातिर सामन्तवादका विरुद्ध सङ्घर्षको ठुलो उत्तरदायित्व पनि हाम्राअगाडि छ । त्यसको अर्थ हो– अहिले पनि नेपाल पुँजीवादी प्रजातान्त्रिक क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको अवस्थामा छ । हामी राजतन्त्रलाई समाप्त पार्नका लागि सफल भएका छौँ तर अहिले पनि राजावादी शक्तिको राजतन्त्रको पुनस्र्थापना गर्ने अभियान जारी छ । त्यसकारण अहिले पनि प्रतिगमनको गम्भीर खतरा छ । त्यो अवस्थामा प्रतिगमनका विरुद्ध सङ्घर्षमा लगातार जोड दिनुपर्ने गम्भीर राष्ट्रिय उत्तरदायित्व पनि हाम्रा अगाडि छ । ती ऐतिहासिक जिम्मेवारी पूरा गर्ने कार्य एउटा माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्दछ । लेनिनवादी सङ्गठन प्रणालीमा आधारित कम्युनिस्ट पार्टीले नै ती जिम्मेवारी पूरा गर्न सक्दछ । त्यसकारण त्यस प्रकारको पार्टीको निर्माण आजको हाम्रो केन्द्रीय वा प्रधान कार्य हुनुपर्दछ ।

    अन्तमा, हामीले आधार आशा र विश्वास गर्दछौँ, त्यस प्रकारको पार्टीको निर्माण गर्न हामी सफल हुने छौँ ।

    नेकपा (मसाल) द्वारा सञ्चालित ऐतिहासिक तीन अभियानअन्तर्गत २०८० माघ ७ गते आइतबार सम्पन्न लेनिन शताब्दी स्मृतिदिवसको अवसरमा केन्द्रीय कार्यालयद्वारा प्रस्तुत

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.