• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतले नेपालमा राजतन्त्र फर्काउन चाहान्छ : केसी


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • शङ्करप्रसाद पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले भारतले नेपालमा फेरि राजतन्त्र फर्काउन चाहेको बताउनुभएको छ ।

    Advertisement

    ऐतिहासिक तीन अभियानअन्तर्गत शताब्दी स्मृतिदिवसको अवसरमा २०८० माघ ७ गते आइतबार बुटवलको मेरिगोल्ड होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    नेकपा (मसाल) रुपन्देहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्तव्य राख्दै केसीले भारतीय साम्राज्यवादले नेपाललाई हिन्दु राष्ट्र बनाउँदै राजतन्त्र फर्काउन चाहेको आरोप लगाउनुभयो ।

    ‘भारतले नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहेको कुरा त तपाईं हामीलाई थाहै छ’ उहाँले भन्नुभयो– ‘नेपाललाई हिन्दु राष्ट्र बनाउनु भनेको त्यसको संरक्षकको रूपमा राजतन्त्रलाई पुनः फर्काउनु हो ।’

    उहाँले नेपालका विभिन्न राजनीतिक शक्तिलाई भारतीय साम्राज्यवादले उपयोग गर्न प्रयोग गर्न खोजेको दाबी गर्नुभयो ।

    ‘सामन्त गोयलले भेट गरेपछि केपी ओलीले त लाइन फेरे’ उहाँले भन्नुभयो– ‘गोयलसित भेट गरेपछि ओली हिन्दु राष्ट्रको पक्षमा उभिए, हुँदाखाँदाको बहुमतको संसद् पटक पटक विघटन गरे ।’

    उहाँले २०६० सालपछि जन्मेको पिँढीले राजतन्त्र कस्तो हुन्छ भन्ने थाहा नभएकाले राजावादीहरूले तिनैलाई उपयोग गरिरहेको बताउनुभयो ।

    ‘हामीले पो लामो सङ्घर्ष गरेर यतिसम्म अधिकार पाएका हौँ, २०६० सालपछि जन्मेको नयाँ पिँढीलाई राजतन्त्रको बारेमा के थाहा ?’ उहाँको भनाइ थियो ।

    अध्यक्ष केसीले नेपालमा नयाँ जनवादी क्रान्ति गर्ने परिस्थिति तयार नहुँदासम्म गणतन्त्रलाई संस्थागत गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘गणतन्त्रले जनताको समस्या समाधान गर्दैन भन्ने हामीलाई थाहा छ तर नयाँ जनवादी व्यवस्थाका लागि सशस्त्र सङ्घर्ष सुरु गर्नुभन्दा पहिला यही गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बाध्यता हामीसँग छ ।

    अध्यक्ष केसीले कार्यक्रमको पूर्वाद्र्धमा नेकपा (मसाल) को तर्फबाट तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा वामपन्थी बुद्धिजीवी युवराज पन्थी, वामपन्थी बुद्धिजीवी तथा अधिवक्ता तेजप्रसाद कँडेल र अर्का वामपन्थी बुद्धिजीवी ऋषिराम भुसालले टिप्पणी गर्नुभएको थियो ।

    कार्यपत्रमाथि केन्द्रित रहँदै क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता प्रेम सुवेदी, नेकपा विप्लव पक्षका वीरेन्द्र सी, नेकपा (माले) का सचिवालय सदस्य गोपालमणि गौतम र अखिल नेपाल बुद्धिजीवी सङ्घ रुपन्देहीका अध्यक्ष लीलबहादुर केसीले मन्तव्य राख्नुभएको थियो ।

    कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको सञ्चालन तथा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले स्वागत गर्नुभएको थियो ।

     

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.