काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध दर्शन अध्ययन भ्रमण टोलीलाई बिदाइ गरेका छन्।
Advertisement
आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले चार महत्त्वपूर्ण बौद्ध तीर्थस्थलको भ्रमणमा सहभागी २९ जना धर्मगुरुहरूलाई बिदाई गरेका हुन्।
त्यसक्रममा उनले ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० का धर्मगुरुहरूलाई प्रमाणपत्र पनि प्रदान गरे। साथै, उनले सहभागीहरुलाई धन्यवाद दिएको शीतल निवासले जनाएको छ।