काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन विभिन्न क्षेत्रबाट विरोध भएको छ। महानगरपालिकाले खुला मञ्चलाई फुटबल मैदान बनाउने तयारी थालेपछि त्यसको विरोध भएको हो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुला मञ्चलाई खुलै रहन दिन माग गरेका छन्।
शुक्रबार ‘अकुपाइ टुँडिखेल’को तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले खुलामञ्चलाई खुलै रहन दिन आग्रह गरेका हुन्।
तस्बिरमा हाल रास्वपाका सभापति बनेका रवि लामिछानेलगायत छन्।
भट्टराईले खुलामञ्च ‘पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल’ रहेको बताउँदै यसलाई खुलै रहनदिन माग गरेका छन्।
‘बरू खुलामॅचलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊॅ!’ उनले लेखेका छन्, ‘जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन।’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छाफल थालेपछि त्यसको विरोध भएको छ।
खुलामंचलाई खुलै रहन दिऊॅ। यो पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मन्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ!
बरू खुलामॅचलाई अझै व्यवस्थित गरेर आम… pic.twitter.com/jM0z0mznpq
— Baburam Bhattarai (@brb1954) January 19, 2024