• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङका विनमायाले काम्लो बेचेरै घर खर्च


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • गलकोट । पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आउनुभएको विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्नुहुन्छ । पूर्वी रुकुमको लुकुम गाउँबाट आउनुभएकी विनमायाले गर्मी याममा निर्माण गर्नुभएको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँड्नुहुन्छ ।

    Advertisement

    उहाँले बागलुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै बुर्तिवाङ बजारसम्म पश्चिम रुकुममा उत्पादन भएको काम्लो बिक्रीका लागि आउने गरेको छ । ‘पहिलाजस्तो बजार त छैन, तर काम्लोको महत्व बुझेकाले मात्रै खरिद गर्छन, अन्यले महँगो भएको प्रतिक्रिया दिन्छन्’, उहाँले भन्नुभयो, ‘घरमा बसिबियालो हुन्छ, काम गरिरहेको बानी नगरी बस्न सकिँदैन, भेडा पालिएकै हुन्छ, तिनै भेडाको ऊनलाई काम्लो बनाएर बिक्री गर्दा कम्तीमा घरखर्च चल्छ ।’

    लुकुम गाउँबाट काम्लो बिक्री गर्नकै लागि उहाँ बर्सेनि छिमेकी जिल्लाको बुर्तिवाङ बजारमा आउने गर्नुभएको छ । उहाँले काम्लोको महत्व घट्दा मूल्य भने ओरालो लागेको जानकारी दिनुभयो । ‘काम्लो कम बन्न थालेको छ, ऊनलाई प्रशोधन गर्नका लागि धेरै मेहनत गर्नुपर्दछ, तर काम्लो र घुमले पानीसमेत छेक्ने गरेको छ, बर्खामा घुम उडेर काम गर्नसमेत सकिन्छ, काम्लोलाई सिलाएर घुमसमेत बनाउँदा जाडोमा निकै तातो हुन्छ’, उहाँले भन्नुभयो, ‘एउटा काम्लोलाई दुई हजार पाँच सयमा बिक्री गर्दै आएकी छु जुन मूल्य सामान्य ज्याला मात्रै हो नाफा छैन ।’

    काम्लोको भारी बोक्दै बुर्तिवाङ बजारमा हिँड्नुभएको पुनले बागलुङ बजारबाट अवलोकन भ्रमणका लागि बुर्तिवाङ पुगेका ग्राहकको मन जित्नुभयो । काम्लोको महत्व बुझ्नुभएको बागलुङ नगरपालिका–१० भकुण्डेका उदित थापाले दुई हजार पाँच सयमा काम्लो किन्नुभयो ।

    उहाँले काम्लो किनेको देखेपछिसँगै गएकाले थापालाई भन्नुभयो, ‘एउटा प्लाष्टिकको गुन्द्रीलाई पाँच सयमा पाइन्छ यस्तो खस्रो काम्लोलाई दुई हजार पाँच सय हाल्ने ?’ उहाँले भन्नुभयो, ‘भेडाको ऊनबाट बनेको काम्लोको महत्व छुट्टै छ, यो त धेरै सस्तोमा पाए त्यसैले खरिद गरे ।’ थापाले काम्लो वर्षौं टिक्ने र तातोसमेत हुने भएकाले खरिद गरेको बताउनुभयो । ‘दुई हजार पाँच सयमा प्लाष्टिकका पाँच वटा गुन्द्री आउलान तर यसले कुनै अर्थ राख्दैन’, थापाले भन्नुभयो, ‘पहिला मैले पाँच हजार मूल्य पर्ने सुनेको थिए, अहिले सस्तो लागेर किनेको हुँ, मैले किनेको देखेपछि ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले समेत काम्लो खरिद गर्नुभयो ।’

    ताराखोला गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोका बुर्तिवाङ बजारमा गएको समयमा विनमाया पुनसँगै दुई हजार पाँच सयमा काम्लो खरिद गर्नुभएको हो । उहाँले काम्लोलाई लगेर घुम बनाएर ओढ्ने जनाउँदै आफूलाई ऊनको काम्लोको निकै महत्व लाग्ने गरेको बताउनुभयो ।

    “पाँच हजारसम्म पर्छ एउटा घुम ९ऊनको कोट०लाई ताराखोलामा तर यहाँ दुई हजार पाँच सयमा काम्लो पाइयो काम्लोलाई घुम बनाउन सजिलै सकिन्छ त्यसैले खरिद गर्ने रहर जाग्यो”, रोकाले भन्नुभयो, ‘ऊनबाट प्रशोधन गरिएको काम्लोको महत्वप्रति थोरै मानिस मात्रै जानकार छन्, पुख्यौली हस्तकलालाई प्रोत्साहनसमेत गर्न आवश्यक छ ।’

    भेडाको ऊनलाई प्रशोधन गरी तानमा बुनेर बनाइएको काम्लो धेरैका लागि रुचिकर कपडा लाग्न सक्छ । पछिल्लो पुस्ताले भेडाको ऊनबाट बनेको काम्लो र घुम देख्नै पाएका छैनन् । आधुनिकतासँगै तयारी पोशाक कपडाको प्रयोगले हातले निर्माण गरिएको काम्लो प्रयोग गर्नेको सङ्ख्या घटिरहेको छ । नेपालको उच्च पहाडी तथा पहाडी क्षेत्रमा पालिने भेडाको ऊनलाई प्रशोधन गरी काम्लो, बख्खु र हडौला बनाइन्छ ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.