काठमाडौं । बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन्। यो पार्टीमा बसेर समाज, आफू र सन्ततीहरुको भलो नहुने भन्दै उनीहरुले सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
Advertisement
बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कर्यकर्ताले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पत्रमा पार्टी भित्रको गुट उपगुट र नेतृत्वमा रहेको स्वार्थीपनाका कारण पार्टी छाडेको उल्लेख छ।
रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेका हुन्।
