विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
Advertisement
२०८० पुस २४ मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।
उनको प्रस्तावमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।
सत्तारूढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा (एमाले) ले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।