मोरङ । सुनसरी–मोरङ क्षेत्रमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा सुनसरीको हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका २ का २३ वर्षीय निकाइल अन्सारी छन्।
उनीहरुले एक सयभन्दा धेरै मोटरसाइकल चोरी गरिसकेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।
लामो समय देखि मरोङ र सुनसरीका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्याल्य मोरङले जनाएको छ।
नेपालमा चोरी गरेका मोटरसाइकल उनीहरुले भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा लगेर बिक्री गर्दै आएका थिए।