• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पुन: चर्चा जलजला उपन्यासको


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    का. मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास जलजलाको नेपाली पाठकहरूले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।

    अहिलेसम्म उपन्यासको बारेमा सार्वजनिक भएका लेखरचना तथा समाचारको अध्ययन तथा स्वयम् लेखकको विराट व्यक्तित्वका आधारमा यो भन्नका लागि पर्याप्त आधार छ कि का. मोहनविक्रम सिंहको जलजला उपन्यास कैयौँ दृष्टिकोणले महत्त्वपूर्ण हुने छ तर मैले यहाँ दुईटा कुरा मात्र गर्न चाहान्छु : प्रथम– नेपालको साहित्य जगत्मा महाउपन्यास अहिलेसम्म कसैले लेखेको थिएन ।

    का.मोहनविक्रम सिंहको जलजला उपन्यासले त्यो अभावको पूर्ति गर्ने छ । दोस्रो कुरा उमेरले झन्डै ९० वर्षको टेकोमा पुगेको व्यक्तिको राजनीतिक क्षेत्रमा अति कार्यव्यस्तताका बाबजुद पनि बहुतै लोभलाग्दो साहित्य साधना अपवादबाहेक सम्भवत: विश्वकै अनुपम अनुपम उदाहरणभित्र पर्दछ ।

    ९० वर्षको उमेरमा पनि का. मोहनविक्रम सिंहमा असीम कार्यक्षमता पाइन्छ । त्यसका साथै विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिन तथा प्रकाण्ड माक्र्सवादी बौद्धिक व्यक्तित्व राहुल सांकृत्यान जस्तो का. मोहनविक्रम सिंहमा एकै चोटी अनेक काम गर्न सक्ने आश्चर्यजनक क्षमता पनि पाइन्छ । ज्ञानका विभिन्न विधा दर्शन, राजनीति, इतिहास, साहित्य, समाजशास्त्र, संस्कृतिलगायतका विषयमा उहाँमा भएको गहिरो ज्ञानले पनि जलजला उपन्यासको बौद्धिक स्तर धेरै माथि हुने भएकाले पनि साहित्य जगत्मा यो उपन्यासले ज्ञानको भण्डारको भूमिका खेल्ने छ ।

    कामरेड मोहनविक्रम सिंहले जलजला उपन्यासमार्फत् जीवनप्रतिको आफ्नो दृष्टिकोण अर्थात् विश्वदृष्टिकोणलाई पनि प्रस्तुत गरेको कुरा हालै युगदर्शन अनलाइन खबरमा प्रकाशित लेखमा बताउनुभएको छ ।

    का. मोहनविक्रम सिंहले सुरुदेखि नै नेपालको वाम आन्दोलनमा सर्वहारा विश्वदृष्टिकोणमा अत्यन्तै जोड दिँदै आउनुभएको छ ।

    कम्युनिस्टको विश्वदृष्टिकोण निष्काम सेवाको भावनामा आधारित छ । लेनिनले एउटा कम्युनिस्ट पार्टीको सदस्य कस्तो हुनुपर्छ भन्ने सवालमा भन्नुभएको छ : “कम्युनिष्ट पार्टीको सदस्य भावी साम्यवादी समाजको नागरिक हो ।” हालको समाजको चिन्तनको केन्द्रमा व्यक्तिगत फाइदा र स्वार्थ हुन्छ । एउटा कम्युनिष्ट पार्टीको सदस्यले यी सबै निजात्मक प्रकारका स्वार्थबाट अलग भएर सामूहिक भावना र हितका लागि काम गर्नुपर्छ । त्यो नै जीवनप्रतिको सच्चा दृष्टिकोण हो । स्वार्थ तथा व्यक्तिगत फाइदाका लागि जे पनि गर्ने समाजमा मोहनजीको जीवनप्रतिको दृष्किोण युटोपियामा आधारित अर्थात् काल्पनिक जस्तो लाग्न सक्दछ ।

    जलजलाभन्दा अगाडि उहाँका पाँचओटा उपन्यास हराएका छन् । त्यसबाट नेपालको साहित्य जगत्लाई क्षति पुगेको कुरालाई नकार्न सकिँदैन । भारतलगायतका कतिपय मुलुकमा सार्वजनिक क्षेत्रका महत्त्वपूर्ण व्यक्तिका कृति, डायरी, अन्तर्वार्ता, चिठीपत्र भोलिका दिनका लागि इतिहासको महत्त्वपूर्ण स्रोत हुने भएकाले सुरक्षित गर्ने संरचनाको विकास भएको पाइन्छ । यो कार्यमा राज्य स्वयम्ले अग्रसरता लिएको पाइन्छ । त्यो सवालमा नेपाल अझै पनि धेरै पछाडि रहेको छ ।

    नेपालका कतिपय नेताका अन्तर्वार्ता अहिले पनि भारतका कतिपय विश्वविद्यालय वा विभिन्न सङ्ग्रहालयमा सुरक्षित रहेको पाइन्छ यद्यपि लेखन तथा साहित्य क्षेत्रका कृतिहरू विभिन्न कारणले हराउने, चोरी हुने, गायब हुने खतरा रहिरहनुका साथै त्यस्ता कैयौँ दृष्टान्त पाइन्छन् ।

    कृतिहरू हराउँदा, चोरी वा गायब हुँदा त्यसबाट यो वा त्यो रूपमा समाजलाई क्षति पुगिरहेको हुन्छ ।

    विश्वप्रसिद्ध फ्रान्सेली कृति “द सेकेन्ड सेक्स” (उपेक्षित यौन) की लेखिका सिमोन द बुअरले लेखेको लघुउपन्यास “द इनसेपेरेब्लस” को पाण्डुलिपि हराएको थियो । लेखिकाको मृत्यु भएको ३५ वर्ष तथा उपन्यास लेखन कार्य पूरा भएको ६७ वर्षपछि मात्र त्यो उपन्यास फेला पर्‍यो र प्रकाशित भएको थियो । सन् २०२१ मा गएर मात्र यो उपन्यासको अङ्ग्रेजीमा अनुवाद भएको छ ।

    जापानी लेखिका मुरासिकी सिभिकले दसौँ शताब्दीमा लेखेको विश्वको पहिलो उपन्यास “द टेल अफ जेन्जी” को हराएको पाण्डुलिपिको पाँचौं खण्ड हाल फेला परेको तथ्य सार्वजनिक भएको छ तर हराएका कतिपय कृति फेला नपरेका तितो यथार्थ पनि छन् ।

    राहुल सांकृत्यानले नेपालको विषयमा लेखेको इतिहास छापिएर पनि प्रेसबाटै गायब भएको कुरा समाजशास्त्री जनकलाल शर्माले आफ्नो संस्मरणमा बताएका छन् । त्यसबाट नेपाललाई ठुलो क्षति भयो ।

    राणा खलकभित्रका केशरसमसेर जङ्गबहादुर राणा असाध्यै बौद्धिक व्यक्तिभित्र पर्दछन । केशरसमसेरले सानैदेखि नियमित डायरी लेख्थे । उनको मृत्युपछि त्यो डायरी हरायो । त्यो डायरी हात पार्न उनका सन्तानबिच सङ्घर्ष भएको थियो । त्यो डायरी बेलायतमा मोटो रकममा बिक्री भएको चर्चा पनि गरिन्छ । उनको डायरी तत्कालीन राणाशासन, दरबार तथा उनी बेलायतका पनि राजदूत भएको हुनाले बेलायतका विषयमा थाहा पाउने राम्रो सन्दर्भस्रोत बन्न सक्दथ्यो । त्यो डायरी अहिलेसम्म फेला नपरेको हुनाले नेपालको इतिहासको क्षेत्रलाई केही न केही क्षति पुगेको छ । कुनै लेखकले लामो समय लगाएर थुप्रै अध्ययन–अनुसन्धान गरेर तयार पारेको कृति प्रकाशन नहुँदै हराउनु वा गायब हुनु वा चोरी हुनु निश्चित रूपले त्यसबाट समाज वा मुलुकलाई क्षति पुग्छ ।

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.