Advertisement
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेक छन्।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ५ घर भई हाल काठमाडौं शान्तिनगर बस्ने वर्ष २७ को बलराम कुमार महतो रहेका छन्।
उनले जीवछ कुमार शाह समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ, मलेसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारी ४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १८ गते सिनामंगलबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।