• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कुरूप बन्दै मनाङ : माथिल्लो मनाङसम्मै पुग्छ लामखुट्टे


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • नवीन लामिछाने/रासस ।

    Advertisement

    हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपूर मनोरञ्जन लिन पाइने क्षेत्र हो, मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदीकिनारका साथै हिमाल हाँसेको जस्तो आभास दिने एवम् अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्दै जाँदा स्वर्गमै पुकेको जस्तो अनुभूति हुन्छ ।

    यस क्षेत्रको भ्रमण गर्न विदेशी मात्रै नभई नेपाली पर्यटक पनि उत्सुक हुँदै आएका छन् । कञ्चन पानी बगिरहेको यस नदीकिनारका साथै यहाँको वातावरणले प्रकृतिको काखमा विश्राम गरे जस्तो महसुस हुने गरेकोमा अहिले यहाँको स्वरूपमा विस्तारै परिवर्तन आउन थालेको छ ।

    मनाङमा वर्षा

    पछिल्लो समय मनाङमा वर्षा हुन थालेकाले विश्वमा उत्सर्जित जलवायु परिवर्तनले यहाँका प्राकृतिक सम्पदामा पनि प्रत्यक्ष रूपमा असर पारेको छ । २०७८ जेठ १४ र असार १ मा मस्र्याङ्दी नदीमा विनाशकारी बाढी आउनु नै वायु प्रदूषणकै असर भएको आँकलन गरिएको छ । सोही बाढीले यहाँका प्राकृतिक सौन्दर्यमा ठुलो क्षति पुर्‍याउनाका साथै यहाँको प्रकृतिक स्वरूपमा पनि परिवर्तन ल्यायो ।

    त्यसअघि सम्म बाढी नै नआएको मनाङमा पहिलोपटक बाढी आएको देख्नुभएका मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “हामी जन्मिएर बुढा भयौँ तर मस्र्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेको थिएनौँ । खै के भएको हो, बुझ्नै सकिएन । पृथ्वीमा के परिवर्तन हुँदै छ कुन्नि यस्तो ? कहिल्यै बाढी नआउने नदीमा बाढी आयो ।”

    यो बाढीले यहाँका भौतिक पूर्वाधारका साथै प्रकृतिलाई पनि धेरै असर पुर्‍याएको उल्लेख गर्दै गुरुङ भन्नुहुन्छ– “नदीको वितण्डाले घर र बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।” शान्त र सुन्दर वातावरण रहेको मनाङको स्वरूप अहिले फेरिँदै गएको छ ।

    फोहरमैला बढ्दै

    जीवनशैली आएको परिवर्तनले प्राङ्गारिक खाद्यान्नलाई निरुत्साहित गरेर प्लास्टिकमा मोरिएका खानेकुरालाई प्रोत्साहन गर्न थालेपछि यस प्राकृतिक वातावरणमा प्लास्टिकजन्य प्रदूषणको मात्रा बढ्दो छ । मनाङ पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ फास्ट फुडका रूपमा प्याकेटमा बन्द गरिएका सामानको उपभोग बढ्दै गएको छ । यस्ता खाद्यवस्तुको प्याकेट जथाभावी फाल्दा यहाँको प्राकृतिक सुन्दरतालाई कुरूप बनाउन थालेको स्थानीयवासी फुर्वा लामा बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ– “यहाँ सिर्जित प्लास्टिकजन्य फोहरमैलाको व्यवस्थापन हुन सकेको छैन । अहिले कम होला तर बढ्ने क्रममा रहेकाले व्यवस्थापनमा ध्यान जानु आवश्यक छ । उपयोग गर्ने व्यक्ति सचेत भएमा यसको निराकरण गर्न सहज हुने थियो ।”

    सदरमुकाम पर्यटकीय क्षेत्र भएकाले अहिले कम फोहर उत्पादन हुँदा सम्बन्धित निकाय र पालिकाले व्यवस्थापन केही व्यवस्थापन गरे पनि भविष्यमा फोहरमैला व्यवस्थापन नै गर्न नसकिने समस्या हुने भएकाले समयमै सचेत हुनुपर्नेमा लामाको आग्रह छ ।

    पदमार्ग र हिमाल जोखिममा
    हिमाल र पदमार्ग नै मनाङको मुख्य आकर्षणको केन्द्र हो तर यही हिमाल र पदमार्ग नै अहिले जोखिममा छन् । हिमाल माथि सर्दै जाँदा बगर र कालापत्थर देखिने क्रम बढेको छ । हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर पारेको सम्बद्ध विज्ञले बताउँदै आएका छन् । विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले प्रथमत: हिमालमै असर देखिने उनीहरूको भनाइ छ ।

    विश्वका पर्यटक यहाँ आउनाका कारण पदमार्गको यात्रा र हिमाललाई नजिकबाट नियाल्न हो । यही मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल हुनु आवश्यक छ । सरकारले यस्ता प्राकृतिक सौन्दर्यले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने स्थानीयवासी गुरुङ बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ– “विस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले अलि माथि हिँडे भेटिन्थ्यो हिमाल, अहिले त धेरै माथि पुग्नुपर्ने हुन्छ । त्यसैमाथि हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि विस्तारै मासिएको छ । पदमार्गमा त सबै सडक बनेको छ अनि केको पदमार्ग ? पदमार्गको विकल्प खोज्नुपर्छ ।” पर्यटक यही पदमार्गमा हिँड्न रुचाउँछन् र त्यसकै लागि पनि आउँछन् । यसको संरक्षण गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

    हिउँ माथि सरेसँगै हिमालको तल्लो क्षेत्र पातपतिङ्गरबिनाको पहाड जस्तो बनेको छ । ती ठुला चट्टानयुक्त पहाडमा खेतिपाती नहुने भएकाले उपयोगविहीन चट्टान मात्र देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहानसमेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने गरेको याङदुङ बताउनुहुन्छ ।

    “उदाहरणका लागि गङ्गापूर्ण ताललाई नै लिन सकिन्छ” उहाँ भन्नुहुन्छ– “अरू के खोज्ने हो र ? हामीले हेर्दाहेर्दै सुक्यो त त्यो ताल । यहाँ सुक्यो, अन्य ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।” केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अर्को स्थानबाट ल्याउनुपर्ने भएको याङ्दुङको भनाइ छ ।

    यो जलवायु परिवर्तनको असर हो वा अन्य केही कारणले गर्दा यहाँ परिवर्तन आएको हो भन्नेबारेमा अनुसन्धान गर्न आवश्यक रहेको यहाँका अग्रज जोड दिन्छन् ।

    फेरिँदै व्यवसाय

    जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा अन्यत्रभन्दा हिमाली क्षेत्रमा परेको छ । हिमालमा परेको असरले यहाँका यहाँ गरिने पशुपालन व्यवसाय परिवर्तन गर्न बाध्य हुनुपरेको छ । पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै असर पारेको नासो गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली बताउनुहुन्छ । व्यावसायिक रूपमा पशुपालनमा लाग्नुभएका उहाँ मौसममा परिवर्तन आउँदा पशुको उत्पादन घट्न थालेको गुनासो गर्नुहुन्छ ।

    विगतमा याक–चौँरी पाल्दै आउनुभएका थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) छ । याक–चौँरीको चरन क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालिएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ– “पशु व्यवसायी लेकका खर्कतर्फ जान चाहदैनन् । यहीँ राखे याक–चाँैरी पाल्न सकिँदैन । पहिला ६०/७० ओटा याक–चाँैरी पालेको थिएँ, अहिले ४०/५० झोपा पाल्न थालेको छु ।”

    उहाँ भन्नुहुन्छ– “पुख्र्यौली पेसा धान्नै मुस्किल भएकाले विस्तारै मैले पनि व्यवसाय फेर्दै गएको छु । युवाजति पढ्न, अन्य काम तथा व्यावसायतर्फ आकर्षित भएका छन् । उनीहरू अहिले पर्यटन तथा अन्य व्यवसायतर्फ लागेका छन् । अधिकांश त विदेश पलायन भएकाले पुर्ख्यौली पेसा जोगाउन सकस छ । पशुपालन कम हुँदै गएपछि आफूले अहिले डेयरी पनि खोलेर बसेको छु ।”

    उमेर बढ्दै गएपछि अब स्वास्थ्यले पनि साथ दिन छाडेकाले खर्कसम्म पनि पुग्नै मुस्किल हुन थालेको छ । पशुपालनमा प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याए पनि पशुपालन घट्दो अवस्थामा रहेको थकाली बताउनुहुन्छ ।

    परम्परागत घर मासिँदै
    यस हिमाली जिल्लामा विस्तारै परम्परागत घर मासिँदै गएका छन् । हिउँले असर नपार्ने यहाँका परम्परागत माटोका घर अहिले वर्षा हुन थालेसँगै मासिँदै गएका हुन् । वर्षाले माटोका घर चुहिने र भत्किने भएपछि अहिले आधुनिक तबरबाट कङ्क्रिटको घर बनाउन थालिएको छ ।

    कङ्क्रिटको घरनिर्माणले यहाँका परम्परागत माटोका घर विस्तारै लोप हुने अवस्थामा पुगेका छन् । यहाँ कमै मात्रामा अहिले परम्परागत घर देख्न पाइन्छ । स्थानीयवासी कर्माछिरिङ गुरुङ भन्नुहुन्छ– “पहिले पहिले मनाङमा वर्षा नै हुँदैनथ्यो । अहिले हिउँ कम, पानी बढी पर्न थालेको छ । यो खै के भएको हो । मौसम पनि फेरिँदै जाने रहेछ कि के हो ?”

    उहाँ भन्नुहुन्छ– “पानी चुहिने यस्तो चिसो घरमा बस्न सकिँदैन । जसरी हुन्छ, कङ्क्रिटको घर त बनाउनै पर्‍यो नि, नत्र भने पानी पर्दा चुहिएर बस्न सकिने अवस्था नभएकाले विस्तारै सबैजसो ठाउँमा कङ्क्रिटको घर बन्दै गएका हुन् । पुरानो घरको आकर्षण बढी छ भनेर नहुने रहेछ । मौसमले हामीलाई च्यालेन्ज गर्छ के गर्नु र ? यहाँका बासिन्दाले पानीबाट जोगिन पनि कङ्क्रिटको घर बनाउन थालेका छन् ।”

    यहाँ लोकप्रिय मानिएको परम्परागत घरलाई संरक्षण गर्न सकिए भावी पुस्ता तथा अब आउने पर्यटकका लागि कथा बन्ने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले यसको संरक्षणका लागि स्थानीयवासीसँगै सरकार पनि सचेत हुनुपर्ने भएको छ ।

    माथिल्लो मनाङसम्म लामखुट्टे
    केही वर्षअघिसम्म मनाङ जिल्लामा लामखुट्टे देखिँदैनथ्यो तर अहिले माथिल्लो मनाङमा लामखुट्टे भेटिन थालेका छन् । तापक्रम बढी भएको स्थानमा पाइने लामखुट्टे आजकाल यहाँ पनि भेटिन्छन् ।

    यहाँ पनि लामखुट्टे भेटिनुमा विज्ञले तापमान वृद्धिको असर अनुमान गरेका छन् । उच्च तापक्रम भएको स्थानमा पाइने लामखुट्टे अहिले बाह्रैमास चिसो हुने यस क्षेत्रमा पनि पाइन थालेको छ । नासो गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्र घले भन्नुहुन्छ– “हामीले तालगाउँमै लामखुट्टे देखेका थिएनौँ । अहिले माथिल्लो मनाङमा पनि देखियो । यसले पनि बताउँछ कि यहाँको तापमान वृद्धि हुँदै गएको छ, जसले गर्दा लामखुट्टे बाँच्न सक्ने भएको छ । चिसो ठाउँमा पनि पहिलोपटक लामखुट्टे देख्दा मलाई पनि अचम्म लागेको थियो ।” अहिले त सामान्य लाग्न थालेको उहाँको भनाइ छ ।

    पृथ्वीको तापमान वृद्धिका कारण पहिले किराफट्याङ्ग्रासमेत नभेटिने ठाउँमा अहिले फरक किसिमका किराफट्याङ्ग्रा देखिने गरेको पूर्वअध्यक्ष घले भन्नुहुन्छ– “पहिले देखिने र अहिले देखिने किराफट्याङ्ग्रा नै फरक छन् । अहिलेका किराले तरकारी, फलफूल, खेतीपाती खान थालेपछि सखाप हुन्छ तर पहिले त्यस्तो हुँदैनथ्यो ।

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.