काठमाडौं । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त राउत (सीके राउत) पक्राउ परेका छन् ।
सोमबार प्रहरीले सिके राउतसहित सहित ६३ जनालाई बबरमहलबाट पक्राउ गरेको हो ।
‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनमत पार्टीले जनाएको छ ।
अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ पर्नेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहसमेत छिन्। उनी जनमत पार्टीकी नेतृ हुन्।
मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै निषेधित क्षेत्रमा प्रदर्शन गर्न गएकी थिइन्।
यस्तै, सो पार्टीका उपाध्यक्ष अब्दुल खान, सचिव वीपी साह, नेता दीपक साहसहितलगायत पक्राउ परेका छन् ।
आज (जनवरी १) का दिन देशैभरी राष्ट्रिय टोपी दिवस मनाइन्छ । राउतको पार्टीले भने ‘धोती दिवस’ मनाउने भन्दै जुलुश निकाल्न खोजेको थियो ।