• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राज्यको गोलीले उडाइदियो निमुखाको सपना


  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
  • काठमाडौं । देशमा रोजगारी नपाएपछि कोरियाको सपना बुनेर काठमाडौं आएका दुई युवाले शुक्रबार अनाहकमा ज्यान गुमाए । वैदेशिक रोजगारीमा गएर भएपनि परिवारको गर्जो टार्ने सपना राज्यको गोलीले भताभुङ्ग बनाइदिएको छ ।

    Advertisement

    कोरियन भाषा पढिरहेका युवाहरूले करिब एक महिना अघिदेखि ईपीएस परीक्षा दिन पाउनुपर्ने माग गर्दै राजधानीमा आन्दोलन गरिरहेका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले नसुनेपछि शुक्रबार आन्दोलनले उग्ररुप लियो ।

    युवाहरुले ग्वार्कोस्थित ईपीएस कार्यालय घेराउ गरी नाराबाजी थाले । आन्दोलनलाई दमन गर्न प्रहरीले अश्रूग्यास प्रहार गर्यो, लाठीचार्ज गर्यो । अनाहकमा कुटाई खाएपछि आक्रोशित युवाहरुको भिड नाराबाजी गर्दै बालकुमारीस्थित रिङरोडतर्फ लागे ।

    त्यहीक्रममा पार्टी बैठकमा भाग लिन झण्डा हल्लाउँदै आइपुगे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । प्रहरी दमनको आक्रोश युवाहरुले मन्त्री सवार गाडीमाथि पोखे । उनीहरुले गाडी रोकेर टायरको हावा फुस्काइदिए र तोडफोड गरे । भिडले बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गर्यो ।

    सरकारले सुरुमा युवाहरुको आन्दोलनलाई नजरअन्दाज गर्यो । युवाहरुको आवाज सुनेन । सुरक्षा निकायले विशिष्ट व्यक्ति (मन्त्री) को सुरक्षामा पर्याप्त ध्यान दिएन वा मन्त्रीले नै युवाहरुको आन्दोलनप्रति वेवास्ता गरे ।

    आक्रोशित भिडमा झण्डा हल्लाउँदै गएका प्रकाश ज्वाला चढेको सरकार गाडी जल्यो । तर, त्यसको बदला राज्यले गोली चलायो । भिड नियन्त्रण गर्ने सामान्य उपायसमेत अपनाएको देखिएन । अरुबेला प्रयोग गर्ने पानीको फोहोरासमेत प्रयोग भएन ।

    यदी प्रहरीले पानीको फोहोरा प्रयोग गरेको भए चिसोमा भिजेका व्यक्तिहरु सडकमा बसिरहने थिएनन् लाखापाखा लाग्थे । गोली नै चलाउनुपर्ने अवस्था भएपनि हवाई फायर गरेको भए क्षति हुँदैनथ्यो । अथवा घुँडामुनी गोली लागेको भएपनि अकालमा ज्यान जाने थिएन ।

    प्रहरीले चलाएको गोलीले लागेर अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह त्यहीँ ढले । प्रहरीको लाठी प्रहारबाट दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावत पनि गम्भीर घाइते भए । उपचारका क्रममा पाटन र किस्ट अस्पतालमा दुवै युवाले ज्यान गुमाए ।

    दुवै जना युवा सामान्य परिवारका थिए, परिवारको गर्जो टार्न कोरिया जाने सपनामा राजधानी आएका । तर, राज्यले देशभित्रै रोजगारी त दिएन नै विदेश जान्छु भन्दा समेत गोलीले उडाइदियो ।

    गाउँमै कक्षा १२ उत्तीर्ण गरेका वीरेन्द्र काठमाडौं आएर कोरियन भाषा पढिरहेका थिए । उनका ५२ वर्षीय बाबु टेकबहादुर भारतमा मजदुरी गर्दै थिए । चौकिदारी गर्दै घरखर्च टार्दै र छोरालाई कोरिया पठाउने खर्च जोहो गर्दै गरेका टेकबहादुर बिरामी परे । बिरामीले थलिएका उनी साताअघि मात्रै घर फर्किएका थिए ।

    यता, दैलेखका सुजन रावतको पारिवारिक अवस्था अझ नाजुक छ । उनको परिवारमा वर्षदिन नबित्दै अर्को बज्रपात परेको छ।

    एक वर्षअघि मात्रै बुवा गुमाएका सुजन घरको ऋण तिर्न कोरिया जाने योजनासहित केही समय अघिमात्रै कोरियन भाषाको तयारीका लागि दैलेखबाट काठमाडौँ आएका थिए। दैलेख बजारमा भाँडा पसल सञ्चालन गर्दै आएको सुजनको परिवार बुवा भक्तबहादुर रावतलाई क्यान्सर रोगले समात्यो । भएभरको सबै सम्पत्ति क्यान्सरको उपचारमा सकियो । गएको वर्ष मंसिर १२ गते उनको मृत्यु भयो ।

    उपचारको क्रममा भएभरको सम्पत्ति सकिएपछि घरको सबै जिम्मेवारी छोरा सुजनको काँधमा आयो। त्यो सबै जिम्मेवारीलाई बहन गर्न सुजनले कोरियन भाषा सिकेर कोरिया जाने निधो बनाए।

    बुबाको बरखी सकेर भाषा अध्ययनका लागि काठमाडौँ आएका सुजनलाई राज्यले खोस्यो ।

    परिवारको जिम्मेवारी काँधमा बोकेर विदेश जान हिँडेका दुवै युवाले जिम्मेवारी पूरा गर्न त पाएनन्, परिवारमाथि बज्रपात छोडेर बिदा भए ।

    शनिबार, पुष १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.