काठमाडौं । प्रदेश सरकारलाई अधिकार दिन माग गर्दै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन् ।
शुक्रबार हेटौँडामा छलफल गरेका सात प्रदेशका मुख्यमन्त्रीहरूले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्।
संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा छलफल गरेका थिए।
सातै प्रदेशका मुख्यमन्त्रीको भेलाले संघ सरकारलाई चेतावनीसहितको ९ बुँदे ध्यानकर्षण पत्र दिने निर्णय गरेको थियो ।
हेटौँडामा गरिएको ९ बुँदे निर्णय र गत असार १६ गते पोखरामा भएको १७ बुँदे निर्णय कार्यन्वयनका लागि प्राधानमन्त्रीसँग भेट गरिएको उनीहरुले बताए ।
मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहबाहेक ६ जना सहभागी थिए ।
यस्तो छ मुख्यमन्त्री भेलाले गरेको ९ बुँदे निर्णय
