• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

‘भारतमा असंगठित क्षेत्रका नेपाली मजदुरको अवस्था भयावह’


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा कार्यरत नेपाली मजदुरहरुको अवस्था भयावह भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । असंगठिन क्षेत्रमा कार्यरत मजदुरहरु कार्यस्थलमै खाने बस्ने हुँदा होटल, रेस्टुराँ, बजार आदि व्यवासयीक स्थलहरुलगायतका क्षेत्र बन्द भएकाले उनीहरुको खाने बस्ने ठेगान नभएको मूलप्रवाहले जनाएको छ ।

    Advertisement

    भारतमा संगठित क्षेत्रका मजदुरलाई सरकारले न्युनतम सुविधा दिएपनि असंगठित क्षेत्रमा कार्यरत नेपाली मजदुरहरु खाने बस्ने ठेगान नहुँदा लकडाउनपछि सयौं किलोमिटर हिँडेर नेपाल फर्कन बाध्य भएको मूलप्रवाहको विज्ञप्तिमा उल्लेख छ ।

    शनिबार मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यबहाक अध्यक्ष ठाकुर खनालले विज्ञप्ति प्रकासित गरी समस्यामा परेका मजदुरहरुलाई सहयोग गर्न पनि मूलप्रवाहका कार्यकर्ता एवं नेपाली समूदायसँग आग्रह गर्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘वैश्विक महामारी कोरोना भाइरसबाट बच्न, बचाउनका लागि एवं भारतमा बढदो संक्रमणलाई फैलिनबाट रोक्ने उद्देश्यले भारत सरकारद्वारा २१ दिने लकडाउनको घोषणा भएको छ, यो नै वर्तमानको लागि उपयुक्त विकल्प भएको स्वास्थ्य विज्ञहरुको भनाई छ । तर लकडाउनको कारणले कैयौं श्रमजिवीहरू बीच बाटोमा अलपत्र परेका छन् भने कैयौं होटेल मजदुरहरु, असंगठित क्षेत्र, गैरपंजीकृत श्रमिक एवं डेली वेजेस मजदुरहरु गास÷बासको अभावबाट जुझिरहेको अवस्थाप्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ ।

    वैश्विक महामारी कोरोना भाइरसले संसार भरी नै मानव जीवनलाई नै संकटमा पुर्याएको छ । यो भाइरसबाट झण्डै ६ लाख मानिसहरु सक्रंमित र २७ हजार भन्दा बढीको मृत्यु भइसकेको अवस्था छ । यसको संक्रमण रोकथामको लागि अझैसम्म कुनै भ्याक्सिन तैयार नभएको हुँदा एकमात्र विकल्प व्यक्तीगत सरसफाई एवं सामाजिक एकान्तता (सोसल डिस्टेन्स) नै हो । संक्रमण रोक्न मानिसहरूलाई भिडभाडबाट बचाउन कैयौं देशहरूले लकडाउन तथा कैयौं स्थानमा कफ्र्यु समेत लगाइको छ । भारतमा पनि बढदो संक्रमणलाई रोक्न सरकारद्वारा २१ दिने लकडाउनको घोषणा भएको छ ।

    लकडाउनको लत्तै यात्राको दौरानमा दिल्ली आनन्द विहार बस अड्डामा ठूलो संख्यामा अलपत्र परेकाहरुलाई हाम्रो संगठन लगायत विभिन्न संघ संस्था र नेपाली दूतावासको समन्वयमा स्वदेश पठाउने व्यवस्था गरियो । अहिले पनि कैयौं स्थानमा छिटपुट रूपमा नेपालीहरू फसेका र कैयौं बीच बाटोमा अलपत्र परेका समाचारहरु आइरहेका छन् । हामी विभिन्न समाजसेवी संघ संस्था, स्थानीय प्रशासन र नेपाली दूतावाससँग समन्वय गरि उनीहरूलाई सहयोग पुर्याउने कार्यमा प्रयत्नशिल छौं । संकटको यो घडीमा सबै नेपाली दाजुभाई दिदी बहिनीहरूसँग धैर्यतापूर्वक समस्यासँग संघर्षरत रहन अनुरोध गर्दछौं ।

    लकडाउनले विश्व भरि नै दैनिक आवश्यक बस्तुहरूको अभाव एवं आर्थिक संकट श्रृजना भएको छ । कैयौं कलकारखाना बन्द भएका छन् । सामाजिक एकान्तता का कारणले होटल, रेस्टुरेन्ट बजार आदि व्यवासयीक स्थलहरु बन्द भएका छन् । जसले त्यहाँ कार्यरत कर्मचारी एवं दैनिक वेतन भोगी मजदुरहरुको जिवीकोर्पाजनमा समस्या पैदा भएको छ । एकातिर बेरोजगारी छ भने अर्को तिर खान–बस्नको समेत समस्या उत्पन्न भएको छ । यो महामारीले समाजको प्रत्येक वर्गलाई प्रभावित पारेको छ । साधन श्रोत विहीन श्रमजीवी वर्गको अवस्था अत्यन्तै दयनीय छ ।

    रोजगारी खोसिएको र लकडाउन अवधि बढ्ने सम्भावनाले गर्दा सरकारको आश्वासनका बावजुद शहरबाट गाँउ तर्फ पलायन गरेका दृश्यहरू समाचार माध्यम तथा सामाजिक संजालहरुमा आइरहेका छन् । सरकारका कैयौं योजनाहरूको घोषणा र आश्वासनका बावजुद उनीहरू स–साना बालबच्चा सहित सयौं किलो मिटर पैदल हिंड्दै आ–आफ्ना गाउँ तिर गइरहेका छन् । भारतको केन्द्र सरकार एवं राज्य सरकारहरुले समन्वयन गरि ती मजदुरहरूलाई आफ्नो घरसम्म पुग्ने व्यवस्था गरिरहेको छ ।

    आफ्नो देशबाट टाढा प्रवासी जीवन विताउन वाध्य नेपालीहरूको स्थिति झन् भयावह छ । प्रायः नेपालीहरू ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्तै असंगठित क्षेत्रमा कार्यरत भएको हुँदा लकडाउनको अवधीमा ति बन्द भएकोले वेतनको अभावका साथै कार्यस्थल मै खाने बस्ने हुँदा बासको समेत समस्या भोग्नु परेको छ । भारत सरकारले घोषणा गरेका सिमित सुबिधाहरू पनि उनीहरूलाई नपाइने अवस्था छ । ति सुबिधाहरू संगठित क्षेत्र एवं पंजीकृत मजदुरहरूलाई मात्र लागु हुने छ । यो अवस्थामा नेपालीहरु बेखर्ची भई स्थिति भयावह बन्दै गइरहेको छ । अतः हामी विभिन्न सरोकार वाला, स्थानीय निकाय, नेपाल सरकार एवं भारत सरकारको यस विषयमा ध्यानार्षण गराउँदै समाधानको उचिल पहल गर्न अनुरोध गर्दछौं।

    लकडाउनको अवधिमा मानवीय भावनात्मक सम्बन्ध राख्दै खान, बस्न समस्या भोगी रहेकाहरुलाई सहयोग गर्न समाजका सम्पूर्ण तह र तप्का समक्ष अपिल गर्दछौं । साथै हाम्रा सम्पूर्ण स्तरका कार्यकर्ताहरुले पनि यो अवधिमा सम्पूर्ण मजदुर साथीहरुमा पर्न जाने समस्याप्रति गम्भीरता पूर्वक जहाँ जे सम्भव हुन्छ सहयोग गर्न निर्देशन गर्दछौं ।’

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.