काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १० वडा नम्बर वडा कार्यालयले मिलनचोक, निलोपुल, रुद्रमति चोक र बालुवाखानीलगायतका क्षेत्रमा सडक ढाकेर फुटपाट व्यवसाय गर्न निषेध गरेको छ ।
Advertisement
पैदलयात्रु तथा सवारी आवागमनमा अवरोध उत्पन्न भएको भन्दै १० नम्बर वडा कार्यालयले २०८० पुस १३ गते शुक्रबार यस्तो सूचना जारी गरेको हो ।
वडासचिव भोलाराज ढुङ्गानाको हस्ताक्षरमा जारी सूचनामा फुटपाथ व्यापारीका लागि बालउद्धार स्कुलनजिकैको चौरमा अस्थायी रूपमा व्यवस्था गरिएको जानकारी दिइएको छ ।
त्यस्तै, सूचनामा अटेर गर्ने व्यापारीलाई नगर प्रहरीद्वारा सामग्री जफत् गरिने पनि उल्लेख गरिएको छ ।
