काठमाडौं। अखिल नेपाल किसान महासंघसहित पाँच किसान संगठनले गरिखाने किसान, मजदुर वर्ग भाइरस र भोक दुवैसँग एकैपटक लड्नु परिरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबार संयुक्त वक्तव्य प्रकाशित गरी किसान संगठनहरुले लकडाउन भए पछि दैनिक ज्यालादी गरिखाने कृषि श्रमिक र ठूलो संख्यामा रहेका साना किसानहरु ठूलो समस्यामा परेका र उनीहरुको दैनिक गुजारा नै संकटमा परेर उनीहरुका बालबच्चा, महिला र बृद्धबृद्धा समस्या पर्न गइरहेको भन्दै गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् ।
लकडाउनको अवस्थाले किसानको उत्पादन बारिमै सड्ने र उपभोक्ताले उपभोग गर्न नपाउने अवस्था आएको तथा कालोबजारी गर्नेहरु मौलाएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
यस्तै, संकटबाट पाठ सिकेर आत्म निर्भर बन्नेतर्फ समयमै कदम चाल्न र सम्भावित आर्थिक मन्दीको सामनाका लागि ठोस योजना ल्याउन पनि किसान संगठनहरुले सरकारसँग माग गरेका छन् ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान यूनियका अध्यक्ष, लोकनारायण सुबेदी, अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज, कृष्ण राना र फ्याक्ट नेपालका प्रतिनिधि, गंगादेबी राईद्वारा जारी संयुक्त वक्तव्य यस्तो छ ।
बिश्वमा फैलिको कोरोना भाइरस(कोभिड–१९०)को महामारीले नेपाल समेत आक्रान्त बन्दै गएको र त्य संक्रमक बिश्वब्यापी ब्याधीबाट जोगिन र फैलिन नदिन सरकारले देशलाई लक डाउन गरी नागरिकलाई घरमै बस्न र समाजिक दूरी कायम राख्न बिशेष जोड दिइरको छ ।
यस सन्दर्भमा निश्चित र निम्न आयवर्गका मानिसहरु दैनिक जीवन गुजाराकै निम्ति ठूलो समस्या उत्पन्न हुँदै जाने देखिएको छ र आम जनता रोगको साथै भोकको पनि अत्यन्तै ठूलो संकटमा पर्ने खतरा पैदा भएको तथा ब्याप्त आर्थिक मन्दी अझ चर्किने र अथब्यबस्था नै अपूर्वरुपमा अस्तब्यस्त भएर जाने भएकाले यी जेलिएका जटील समस्या हल गर्न हामी बिभिन्न पाँच किसान संगठनका तर्फबाट बिशेष ध्यानाकर्षण गर्दै तत्कालै ठोस कदम चाल्न जोडदार माग गर्दछौं :
(१) लकडाउन भए पछि दैनिक ज्यालादी गरिखाने कृषि श्रमिक र ठूलो संख्यामा रहेका साना किसानहरु ठूलो समस्यामा परेका छन् । उनीररुको दैनिक गुजारा नै संकटमा परेर उनीहरुका बालबच्चा, महिला र बृद्धबृद्धा समस्या पर्न गइरहेको र उनीहरु ‘भाइरस र भोक’ दुबैसँग सँगसँगै लड्नुपर्ने स्थिति आएको कुरालाई गम्भीर र संबेदशील भएर सरकारले लेओस् र श्रमजीवी मजदुर किसानको जीवन रक्षा गर्ने र रोग फैलिन र लाग्न पनि नदिने अझ बढी ठोस उपाय गरोस् भन्ने बिशेष माग गर्न चाहन्छौ । यसका लागि सरकारले संकटकाीलन बिशेष राहत प्याकेज घोषणा गरोस्, बैंक ऋणको किस्ता स्थगित गरोस् र ब्याज मिनाहा गरोस् र किसानहरुलाई बिशेष उत्पादन बृद्धि सहुलियत र सुबिधा प्रदान गरोस् ।
(२) किसानको उपजहरु खेतबारीमा सड्ने र उत्पादित बस्तुले बजार पनि नपाउने अनि आम उपभोक्ताले कृषि उपज एकदमै महँगोमा किन्न पर्ने स्थितिलाई समेत गम्भीररुपा मध्यनजरमा राखेर सरकारले कृषि उपज खेतबारीबाट घरमा भित्र्याउन, त्यसको किसानले उचित र लाभकारी मूल्य पाउन र उपभोक्ताले सुलभ पाउन र चर्को मूल्य ठगिने स्थितिबाट जोगाउन बिशेष र ठोस कदम चालोस् भन्ने पनि हामी जोडदार माग गर्दछौं । साथै कृत्रिम अभाव, तस्करी र कालोबजारीमाथि कडा निगरानी र कडा कारबाही गरियोस् र भ्रष्टाचार रोकियोेस् भन्ने कुरा पुनः दोहो-याउन चाहन्छौं ।
(३)कृषिलाई पनि अत्याबश्यक सेवा अन्तरगत राखिएकोले संक्रामक रोग कोरानाबाट जोगिदै अत्याबश्यक सेवालाई चरितार्थ र सार्थक तुल्याउन र भाइरसको महामारीकासाथै भोकको महामारीबाट पनि जनतालाई जोगाउन उत्तिकै ध्यान दिन युद्ध स्तरमै उच्च प्राथकिता दिन बिशेष जोड दिन्छौ र उत्पादन क्षेत्रलाई सुचारु तुल्याउन थप माग गर्दछौं ।
(४) बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न हुने मन्दी र आधारभूत आबश्यकताका नभइ नहुने बस्तुहरुमा हामी आफै आत्मनिर्भर हुनुपर्ने आवश्यकताले हामी अहिलेदेखिनै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अझ ठोस र ब्यवहारिक नीति लिएर हिड्न पर्ने झन् टड्कारो बन्न गएको दर्शाउँदै सरकार, अर्थबिद् र बिशेषज्ञहरु यसतर्फ केन्द्रित हुन र आर्थिक पुनर्निर्माणका निम्ति नीति निर्माण र कायान्वयनका लागि बिशेष र जोडदार आग्रह पनि गर्दछौ ।
(५) आज देश महामारीको कारणले संकटमा परेका बखत सबै खालका हो हल्ला, अन्धबिश्वास, भावनात्मक उत्तेजना र आबेगबाट मुक्त रहेर गाउ शहर सबैतिर फैलिएको र फैलिने सम्भावना रहेको महामारीबाट देश र जनतलाई जोगाउन जिम्मेवार राजनीतिक दल, जनताका बिभिन्न सचेत तह र तप्काका प्रतिनिधि र सामाजिक संगठनहरु अरु कहिल्यैभन्दा जागरुप, एकताबद्ध र कृयाशील हुनुपर्ने आबश्यकता औंल्याउँदछौ र यसको लागि सरकारले बिशेष पहल तुरुन्तै लेहोस भन्ने पनि जोडदार माग गर्दछौ ।

