काठमाडौं । भाषा परीक्षा दिएर कोरिया जान नपाएका युवाहरुले काठमाडौंमा आगजनी गरेका छन् ।
Advertisement
रोजगार अनुमति प्रणाली (ईपीएस) पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले ललितपुरको ग्वार्कोमा मन्त्री सवार गाडी जलाएका हुन्।
ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन्।
पार्टी बैठकमा सहभागी हुन सरकारी नम्बर प्लेटको गाडी चढेर जाँदै गरेका मन्त्री ज्वाला आन्दोलित युवाहरूको निशानामा परेका थिए ।
कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्कोस्थित ईपीएसको शाखाकेन्द्रित आन्दोलन गररिरहेका छन्। ती युवाहरूका कारण ग्वार्को क्षेत्र तनावग्रस्त छ।
