• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

यी न्यायाधीशलाई बिचौलिया बनाएर ‘घुस रकम’ उठाउँथे चोलेन्द्र


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • काठमाडौं । २०७५ पुस १७ गते संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका चोलेन्द्र शमसेर राणाविरुद्ध ९ वटा उजुरीहरु परेका थिए । ती मध्ये केही गम्भीर प्रकृतिका पनि थिए ।

    Advertisement

    उजुरीकर्तामध्येकी एक माइली तामाङले जबरालाई माफियाको संज्ञा दिँदै न्यायाधीशबाटै हटाउन माग गरेकी थिइन् । काठमाडौं महानगरपालिका–६ की ७२ वर्षीया माइली तामाङका नाममा संसदीय सुनुवाई समितिमा परेको उजुरीमा भनिएको छ, ‘चोलेन्द्र शमसेरलाई प्रधानन्यायाधीश त कुरै छाडौं, न्यायाधीशमा पनि एकछिन राख्न मिल्दैन । आपराधिक पृष्ठभूमि भएकालाई कसरी न्यायाधीश पदमा राख्ने ? निजलाई हटाउनुपर्छ ।’

    तामाङले जबरालाई संसारका भ्रष्टहरुमध्ये एक भनेकी थिइन् । ‘विश्वभरका न्यायकर्मीमध्येको भ्रष्ट भन्दा माफिया चोलेन्द्र भ्रष्ट भन्ने छर्लङ्ग भएको छ, जसलाई भ्रष्टाचार अनियमितता मुद्दा पर्छ’, उनले अगाडि लेखेकी छिन्, ‘चोलेन्द्र शमसेर भेटेपछि भ्रष्टाचारी उम्कने मात्र होइन, सफाइ पनि पाएका छन् ।’

    माइलीका वारेसमार्फत दर्ता गरिएको उजुरीमा जबरा माफियाहरुद्वारा सञ्चालित रहेको आरोप लगाइएको थियो । ‘प्रेरणा राज्यलक्ष्मी सिंहको रामकुमार प्रसाद साहलाई गुमराहमा पारी ज्ञानेन्द्र शाहको फुपूका छोरामार्फत वासिङ्टन डीसीमा आफ्नो मानिस र आफ्नो नाममा बैंकमार्फत घुस लिएको कुरा पुष्टि भई आएको छ’, उजुरीमा लेखिएको छ, ‘ज्ञानेन्द्र शाहको फुपूका छोरा मार्फत १५ करोड असुल्नु र उक्त समय अथवा मिति ६ असार ०७२ का दिन चोलेन्द्र समशेर माफियाद्वारा फैसला हुनु र प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो कायम गराउनुले उनी माफिया र घुसखोरी भन्ने कुरामा विवाद छैन ।’

    यति गम्भीर आरोप लागेका चोलेन्द्रलाई संसदीय समितिले राजनीतिक भागबण्डाका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो, जबकी संसदीय सुनुवाई समितिका सदस्य रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चोलेन्द्रलाई कुनै पनि हालतमा प्रधानन्यायाधीश बनाउन नहुने अडान राख्नुभएको थियो ।

    उनै चालेन्द्रलाई हटाउन सर्वोच्चका न्यायाधीशहरुलेसमेत आन्दोलन गर्नुपर्यो । उनको कार्यकालमा डीआईजी रञ्जन कोइरालालाई सफाइ दिनेलगायत कैयौँ विवादित फैसलासमेत भएका छन् ।

    प्रधानन्यायाधीशबाट निलम्बनमा समेत परेका उनै चोलेन्द्र शमसेरले आफू प्रधानन्यायाधीश हुँदा सेटिङमा न्यायाधीश नियुक्त गरी घुस उठाउने गरेको खुलेको छ । चोलेन्द्रले घुस रकम उठाउनका लागि उच्च अदालतका न्यायाधीश नवराज थपलियालाई प्रयोग गरेको पाइएको छ ।

    न्याय परिषदबाट २०७५ चैत १९ मा उच्च अदालतमा नियुक्त भएका थपलियालाई चोलेन्द्रले सुविधासम्पन्न ठाउँमा खटाउने र बिचौलिया बनाएर घुस उठाउने गरेको न्यायापरिषदको अध्ययनले देखाएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनले थपलिया न्यायाधीश कम, बिचौलिया बढी भएको र राणाका नाममा घूस उठाउनु र मुद्दामा सेटिङ गर्नु उनको खास पेसा रहेको स्पष्ट पारेको छ ।

    न्यायाधीश श्रेष्ठ नेतृत्वको जाँचबुझ समितिले गत वर्ष नै बुझाएको प्रतिवेदनले नवराज थपलियाले बिचौलिया बनेर मुद्दाका पक्षहरूबाट ठूलो रकम उठाउने गरेको प्रस्ट औँल्याएको छ।

    उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम लिएर सबै प्रकारको सेटिङ मिलाइदिने र त्यसका लागि रकम आवश्यक पर्ने भनेर बिचौलियाको भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    जस्तो कि एउटा घटनामा थपलियाले लैनचौरस्थित होटल एम्बासडरमा एक महिलासँग ६० लाख रुपैयाँ बुझेको तथ्य जाँचबुझका क्रममा फेला परेको छ। ती महिला सम्पत्तिसम्बन्धी मुद्दामा कानुनी लडाइँमा थिइन्।

    प्रतिवेदनमा योभन्दा ठूलो रकम कारोबार भएको अर्को घटना पनि उल्लेख छ। जसअनुसार, थपलियाले युनिटी ठगी प्रकरणमा पनि मुद्दा मिलाइदिने भनेर ३ करोड रुपैयाँको चलखेल गरेको पाइएको छ।

    सर्वसाधारणबाट ६ अर्ब रुपैयाँभन्दा बढी ठगीको अभियोग लागेका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरूबाट उनले त्यो रकम लिएको विवरण प्रतिवेदनमा राखिएको छ।

    न्याय परिषद्ले उनको टेलिफोन ‘कल डिटेल’ हेर्दा केही दूतावाससँग पनि अस्वाभाविक सम्पर्क देखियो। प्राप्त विवरणअनुसार, थपलियासँग एउटा दूतावासमा एक महिनामा १ सय ७२ पटक सम्पर्क गरेको देखिएको थियो।

    यीलगायत अरु धेरै गम्भीर प्रकरणमा थपलियालाई न्यायिक मर्यादा कायम गर्न नसकेको, आचार संहिताको गम्भीर उल्लंघन गरेको, इमानदारीपूर्वक पदीय कर्तव्य निर्वाह गर्न नसकेको लगायतका निष्कर्ष प्रस्तुत गरिएको छ । हाल उच्च अदालत, सुर्खेतको जुम्ला इजलासमा रहेका न्यायाधीश नवराज थपलियामाथि कारबाही गर्न छानबिन समितिले प्रतिवेदन दिइसकेको छ।

    कानुन व्यवसायीहरूकै छाता संस्था नेपाल बार एसोसिएसनले ०७९ भदौ १२ गते संसदको महाभियोग समितिलाई तत्कालीन प्रधानन्यायाधीश राणामाथि छानबिनका लागि बुझाएको ३४ बुँदे पत्रमा पनि थपलिया र राणाबीचको सम्बन्धमा प्रश्न उठाउँदै विस्तृत छानबिनका लागि आग्रह गरिएको थियो ।

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.