काठमाडौं । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ह्यानककमा सामान्य लक्षण देखिएको उनले बताएका छन् । उनी घरमै आइसोलेसनमा बसेका छन् ।
Advertisement
यसअघि शुक्रबार नै प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए ।
सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको र घरमै बसेर काम गरिरहेको बेलायती स्वास्थ्यमन्त्रीले स्पष्ट पारेका छन् ।
‘मलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । लक्षण हलुका देखिएको छ । र, म घरबाटै आइसोलेसनमा बसेर काम गरिरहेको छु ।’ एजेन्सी