काठमाडौं । ब्लड क्यान्सरसँग जुधिरहेका फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा आधारित सांग्रिला क्लबले दुई लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अर्याललाई सहयोग रकम हस्तान्तरण गरेको हो।
सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।
मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको ग्रासरुट फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टोलीसमेत सम्हालिसकेका छन्।
नेपाली फुटबलका आफ्नो समयका चर्चित खेलाडी चेतन घिमिरे, निराजन श्रेष्ठ, दीनेश हेन्जन र बृजेश सिंह अर्यालकै उत्पादन हुन्।
सहयोग हस्तान्तरणपछि बस्तेनले भने, ‘सांग्रिला परिवारले प्रशिक्षक प्रकाश अर्याल ज्युले गर्नुभएको योगदानको कदर गर्दैसानो सहयोग गर्ने प्रयास गरेका हौँ।’
प्रशिक्षक अर्यालले सांग्रिलालाई सहयोगका लागि धन्यवाद दिदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको सुनाएका छन्।
अर्याललाई यसअघि नेपाल फुटबल खेलाडी सघं, एन्फा र राष्ट्रिय फुटबल प्रशिक्षक संघले पनि आर्थिक सहयोग गरेका थिए।