गोविन्दराज ओझा (राजन) ##
Advertisement
लक्ष्यमा पुग्नलाई हामीले श्रम गरेर जानुछ
असल शासन ल्याउन हामीले सोच्नुछ
किन जान्छ युवा श्रमिक भएर विदेश
आफ्नै देशमा केही गर्नुछ बनाउनुछ देश
युवाले सोचे भने देशको भविष्य बदलिन्छ
श्रमले गरे हामीले यही देशमा स्वर्ग भेटिन्छ
सम्हाल युवा जनशक्ति देशलाई सुन्दर बनाउनुछ
युवा हो देशको शक्ति देशको निर्माण गर्नुछ
देश समृद्ध बनाएर सबैमा विश्वास जोगाऊ
देशको शक्ति पौरखी हात काममा लगाऊ
(सिलगढी–२ दिपायल, डोटी)