• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रविमाथि मकैको खोया प्रहार : चर्चामा विवादित ‘सूर्यदर्शन’ सहकारी


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएपछि फेरि सूर्यदर्शन सहकारी संस्थाको चर्चा चुलिएको छ ।

    Advertisement

    शनिबार पोखराको अमरसिंंह चौरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा रविमाथि मकैको खोया प्रहार भएको हो । खोया प्रहार गरेको आरोपमा लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटका ३७ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यद्यपी घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले तथ्य सार्वजनिक नगरेसम्म घटनाको वास्तविकता थाह हुने छैन । तर त्यो घटनाले विवादित सूर्यदर्शन सहकारीको भने फेरि चर्चा चुलिएको हो ।

    रविमाथि आक्रमण गर्ने सन्तोष रानाभाट रविको समेत नाम मुछिएको सूर्यदर्शन सहकारीपीडित भएको र आफ्नो पैसा फसेपछि आक्रोश व्यक्त गरेको कतिपय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सूर्यदर्शन त्यही सहकारी हो, जसमा यसअघि रवि नै हर्ताकर्ता रहेको ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेको प्रमाणित भइसकेको छ। गीतेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको यो सहकारीले गोर्खा मिडिया नेटवर्कमार्फत् टेलिभिजनमा लगानी गरेको थियो।

    जीबी यतिबेला सहकारी घोटलामा परिसकेका छन् भने राजनीतिमा आउने घोषणासँगै रविले टेलिभिजन छाडेका थिए।

    सो सहकारी सम्बन्धी प्रतिवेदनमा रवि लामिछानेको नाम पनि छ। यद्यपी आफूले ऋण नलिएको रविको दाबी छ ।

    पीडितहरुले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले गएको असोज १६ गते सहकारीसम्बन्धी प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा सहकारी सञ्चालकहरुविरुद्ध जिल्ला अदालत कास्कीमा यतिबेला मुद्दा विचाराधीन छ ।

    पार्टीको कार्यक्रमका लागि शुक्रबार पोखरा पुगेका रविले सूर्यदर्शन सहकारीका पीडितहरुसँग पनि भेटघाट गरेका थिए । सूर्यदर्शन सहकारी पीडित बचतकर्ताहरुले गठन गरेको संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार शुक्रबार बेलुकी भएको भेटका क्रममा उनीहरुले आफ्नो बचत रकम फिर्ताको लागि सहजीकरण गरिदिन माग गरेका थिए।

    त्यसक्रममा उनीहरुले रविलाई ज्ञापनपत्र पनि बुझाएका थिए । समितिका संयोजक श्रेष्ठका अनुसर रास्वपालाई नै ज्ञापनपत्र बुझाएको यो तेस्रोपटक हो। पहिलोपटक पोखरामा रहेको पार्टी कार्यालयमा र दोस्रोपटक डा. तोसिमा कार्कीमार्फत पीडितले रविलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।

    ‘एउटै पार्टीलाई दुई ४ पटक बुझाउनुको अर्थ भनेको रविजीले जेबी राई र कुमार रम्तेलसँग सहकार्य गर्नुभएकोले हो’ संयोजक श्रेष्ठले भने ।

    उनका अनुसार सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिमा १ हजार ३७ जना सामल छन् । खोया प्रहार गर्ने व्यक्ति भने पीडितको सूचीमा नरहेको श्रेष्ठले बताए।

    सूर्यदर्शन सहकारी घोटालाको अभियोगमा कुमार रम्तेलसहितका केही व्यक्ति पक्राउ परे पनि बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन्।

    जीबीसहित सहकारीका सञ्चालकहरू बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ अपचलन गरेर बेपत्ता छन्। यो सहकारीले पोखरामा मात्रै पनि १ अर्ब ११ करोडभन्दा बढी अपचलन गरेको महानगरको सहकारी शाखाले जनाएको छ।

    सूर्यदर्शनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नै १ हजार ३६ जनाले उजुरी गरेका छन्।

    सहकारीको पोखरा शाखामा १८ हजार ७०० बचतखाता हुँदा ती खातामा कुल १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ जम्मा भएको देखिएको छ। बचत रकमबाट ४३३ वटा कर्जा खातामार्फत १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ ऋण लगानी गरेको पाइएको महानगरको सहकारी शाखाले जनाएको छ।

    बचतकर्ताको रकम अपचल गरेका जीबीसहितका संचालकहरु फरार भएपछि बचतकर्ताहरुले आफ्नो रकम फिर्ताको लागि प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहारिरहेका छन्। तर, समस्याको समाधान भएको छैन।

    सो सहकारीविरुद्ध गएको असोज १८ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जसमा ठगी प्रकरणमा जोडिएका १९ जनालाई प्रतिवादी बनाइएको छ ।

    सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध मुद्दा दर्ता गरिएको छ । पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो ।

    भदौको पहिलो सातादेखि नै सहकारीको सबै कारोबार ठप्प छ ।

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.