रामप्रसाद गैरे ##
Advertisement
साँचो कुरा बोल्छु यो मेरो गाउ खाली भयो ।
आफ्नो देशको हो सुन अर्कैको थाली भयो ।१।
पेटभरि खाना त चाहियो छैन रोजगार ।
राष्ट्रको बाग छोडी बिरानोको माली भयो ।२।
मलाई मन पर्दैन रत्तिभर किन हो ।
उही गाउँको मानिस नि आज जाली भयो ।३।
सफा बोल्ने मानिसको कदर हँुदैन ।
मुलुक नै हेर उपाहसको ताली भयो ।४।
छिन छिनमा बोली फेर्दाखेरी नेताले ।
युवा जिन्दगी विदेशीको नाली भयो ।५।