काठमाडौं । सरकारले कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
Advertisement
गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित अन्य १६ वटा निर्णय गरेको छ।
आइतबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिएकी छन्।
सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
साथै सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः
