• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हिउँ पग्लनु नेपालको मात्रै होइन, विश्वकै समस्या हो : महामन्त्री सिंह (फोटासहित)


  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हिउँ पग्लनु नेपालको मात्रै नभएर विश्वकै समस्या भएको बताउनुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० मङ्सिर २३ गते शनिबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सम्बोधनको क्रममा उहाँले भन्नुभयो– ‘नेपालको हिँउ पग्लनु नेपालको मात्रै समस्या होइन, त्यो त विश्वकै समस्या हो ।’

    हिउँ पग्लदा समुद्री सतह पनि बढ्ने र यसरी विश्वका कैयौँ भूभाग छिट्टै डुब्ने तर्क गर्दै उहाँले जलवायु परिवर्तनले विश्व मानव समुदाय नै समाप्त हुने बताउनुभयो ।

    महामन्त्री सिंहले भन्नुभयो– ‘यसरी हिमालको हिउँ पग्लदै जाने हो भने केही समयपछि मानव समुदायको अस्तित्व नै सङ्कटमा पर्ने छ ।’
    उहाँले जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषि उत्पादनमा पनि परेको दाबी गर्नुभयो ।

    ‘जलवायु परिवर्तनको असर कृषिक्षेत्रमा पनि परेको छ’ उहाँले भन्नुभयो– ‘जलवायु परिवर्तनले गर्दा अनावृष्टि, अतिवृष्टि र खण्डवृष्टि हुने, फलस्वरूप अत्यधिक गर्मी वा अत्यधिक जाडो बढ्ने जस्ता समस्याले गर्दा कृषिक्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।’

    उहाँले नेपालमा आवश्यकताको तुलनामा वातावरणबारे सचेतना कम रहेको पनि बताउनुभयो ।

    ‘केही वर्षपहिले माधव नेपाल प्रधानमन्त्री भएका बेला कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेर नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान खिच्ने प्रयास भएको थियो’ उहाँले भन्नुभयो ।

    त्यसका अतिरिक्त भने सरकारी तबरबाट वातावरण सचेतनाको पक्षमा तथा वातावरण विरुद्धका क्रियाकलाप रोक्न प्रयास नभएकोमा उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले मसालबाट राजनीतिक विषयमा प्रशस्त ध्यान दिदै गर्दा पर्यावरण सचेतनाबारे कम काम भएको स्वीकार गर्नुभयो ।

    ‘हाम्रो पार्टीले राजनीतिक सचेतनाको क्षेत्रमा थुप्रै काम गरेको छ’ उहाँले भन्नुभयो– ‘तर त्यही अनुपातमा हामीले पनि पर्यावरण सचेतनाको पक्षमा काम गर्न सकेका छैनौँ । यो वास्तविकतालाई हामीले स्वीकार्नुपर्दछ ।’

    उहाँले मसालको तर्फबाट भू तथा पर्यावरण संरक्षण अभियान गठन भई केही गतिविधि गरेको र अन्य वातावरण संरक्षणसम्बन्धी कतिपय काम गरे पनि त्यो आवश्यकताको तुलनामा पर्याप्त नभएको बताउनुभयो ।

    सचेतनाले नै वातावरणीय बिपत्बाट बचाउँछ : गाबी

    कार्यक्रममा जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी) का नेता गावीले वातावरणीय सचेतनाले नै वातावरणीय बिपत्बाट बचाउने धारणा राख्नुपर्ने बताउनुभयो ।

    उहाँले पछिल्लो केही दसकयता प्रकृति र मानव समुदायमाझको सम्बन्ध खलबलिएको बताउँदै त्यसका लागि वातावरणीय सचेतना आवश्यक रहेको बताउनुभयो ।

    पुँजीवादी, साम्राज्यवादीहरूले वातावरण रक्षाको विषय उठाए पनि उनीहरूले नै त्यसको विपक्षमा काम गरेको आरोप उहाँले लगाउनुभयो ।

    भर्खरै दुबईमा सम्पन्न कोप–२८ विश्व सम्मेलनको प्रसङ्ग उठाउँदै उहाँले पुँजीवादीहरू व्यवहारमा भने त्यसको विरुद्धमा गएको आरोप लगाउनुभयो ।

    ‘कोप–२८ सम्मेलनले सय मिलियन डलरजतिको जलवायु कोष कायम गर्ने भनेको छ’ उहाँले भन्नुभयो– ‘तर अहिलेसम्म २७० मिलियन डलरभन्दा बढी क्षति भइसकेको छ ।’

    सय मिलियन डलरको कोष खडा गर्दैमा विश्वको वातावरण नजोगिने तर्क गर्दै उहाँले त्यसका लागि ऊर्जाको क्षेत्रमा हाइड्रोपावर र सौर्य ऊर्जाको उपयोग जस्ता विषयतर्फ विश्वको ध्यान जानुपर्ने बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले पुँजीवादीहरूले आफ्नो मुनाफा रक्षाका लागि वातावरण विनाश गर्नु स्वाभाविक रहेको बताउँदै त्यस दौरानमा वैज्ञानिक समाजवादी आन्दोलन र वातावरण रक्षाको आन्दोलनलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    त्यस्तै, उहाँले वातावरण विनाशको क्रियाकलाप विश्वव्यापी रूपमा भइरहेको बताउँदै कुनै दिन यसै विषयलाई लिएर विश्वयुद्धसमेत हुन सक्ने चेतावनी दिनुभयो ।

    ‘साम्राज्यवादीहरूले मुनाफाका लागि चौतर्फी रूपमा वातावरण विनाश गरिरहेका छन् । त्यस क्रममा जङ्गलमा डढेलो लागेको छ; खानेपानीको अभाव भएको छ; खाद्यान्नको अभाव भएको छ; यी सबैको परिणामस्वरूप कार्बन उत्सर्जन बढेको छ’ उहाँले भन्नुभयो– ‘यस खालको वातावरणीय बिपत्ले तेस्रो विश्वयुद्धको सम्भावनालाई निम्त्याइरहेको छ ।’

    कार्यक्रममा सम्बोधन गर्दै उहाँले पुँजीवादीहरूले जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरेकोमा त्यसका अतिरिक्त आइकोर (क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय) ले डिसेम्बर ९ गतेलाई विश्व वातावरण दिवसको रूपमा मनाउने ठेगान गरेको जानकारी दिनुभयो ।

    सोही निर्णयअनुसार मसालले आज यो कार्यक्रम सम्पन्न गरेकोमा उहाँले धन्यवादसमेत दिनुभयो ।

    आइकोर एसिया समितिका प्रतिनिधि भैरवराज रेग्मीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन साम्राज्यवाद र फासिवाद विरोधी मोर्चा (युनाइटेड फ्रन्ट) का उपाध्यक्ष सुवास जिसीले गर्नुभएको थियो ।

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव भीष्म जोशीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा एमएलपिडीका थोमस र क्लाउजको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रममा जोशीले अङ्ग्रेजीबाट नेपालीमा भाषान्तर पनि गर्नुभएको थियो ।

    पुस्तकबारे जानकारी

    सोही कार्यक्रमको अर्को सेसनमा एमएलपिडीका नेता स्टेफन एङ्गेलद्वारा लिखित पुस्तकबारे जानकारी दिइएको थियो ।

    ‘बुर्जुवा प्रकृति विज्ञानको सङ्कट’ (द क्राइसिस अफ बोर्गियस नेचुरल साइन्स) शीर्षकको सो पुस्तकको विषयवस्तुबारे एमलपिडीकै अर्का नेता थोमसले जानकारी गराउनुभएको थियो ।

    थोमसको उक्त प्रस्तुतिको नेपाली भाषान्तर प्राडा गौतमले गर्नुभएको थियो ।

    शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.