काठमाडौँ । बैदेसिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शाहीको खोजतलास गर्ने क्रममा २०८० मङ्सिर २१ गते बिहीबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल काठमाडौँ १५ डल्लु बस्ने वर्ष ३३ को धर्मेन्द्र शाही रहेका छन् ।
शाहीले सोम्बार तामाङसमेत दुई जनालाई बैदेसिक रोजगारीको लागि माल्टा पठाइदिन्छु; त्यसको लागि प्रतिव्यक्ति १० रुपैयाँ लाग्छ; माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु; मासिक एक लाख १० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पटक पटक गरी सात लाख पाँच हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि बैदेसिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।