• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देश झन् गम्भीर मोडतर्फ जाने सम्भावना : महासचिव भट्ट

"प्रगतिशीलले मनायो सत्रौँ स्थापना दिवस "

  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देश झन् गम्भीर मोडतर्फ जाने सम्भावना रहेको बताउनुभएको छ ।

    Advertisement

    २०८० मङ्सिर २२ गते शुक्रबार आयोजित प्रगतिशील पत्रकार सङ्घ नेपालको सत्रौँ स्थापना दिवसमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा सम्बोधन गर्दै उहाँले देशमा जनताले परिवर्तन चाहेको र त्यस क्रममा प्रतिगामी शक्तिलाई विकल्पमा देख्ने समस्या उत्पन्न भएको बताउनुभयो ।

    ‘जनता वर्तमान व्यवस्थाप्रति सन्तुष्ट छैनन् तर त्यसको विकल्प कसलाई देखिरहेका छन् ?’ महासचिव भट्टले भन्नुभयो– ‘त्यसको विकल्पमा जसले देशलाई अधोगतितिर पुर्‍यायो वा जसले नागरिकता नभएकाले उपप्रधान तथा गृहमन्त्रीबाट बर्खास्ती झेल्नुपर्‍यो, त्यस्तालाई जनताले विकल्प देखेको जस्तो देखिन्छ ।’

    उहाँले जनताको यस खालको मनोवृत्तिलाई प्रतिगामी तत्त्वहरूले उपयोग गर्न खोज्दा देश झन् गम्भीर मोडतर्फ जान थालेको बताउनुभयो ।

    ‘अर्कोतिर, भारतको भर्खरैको चुनावले नराम्रो सङ्केत देखाएको छ’ उहाँले भन्नुभयो– ‘यदि आगामी सन् २०२४ सालको चुनावमा मोदी नै सत्तामा आए भने नेपालमा राजावादीको मनोबल बढेर जाने छ । त्यसले गर्दा गणतन्त्र र धर्मनिरपेक्षताका सामु झन् खतरा उत्पन्न हुने छ ।’

    उहाँले जनआन्दोलनको बलमा कायम भएको लोकतन्त्र र धर्मनिरपेक्षता संस्थागत हुन नसकेकाले प्रतिगामी शक्तिहरू हाबी हुँदै गइरहेको बताउनुभयो ।

    हिजो पनि हत्या, हिंसा, बेथिति रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हत्या, हिंसा, बेथिति हिजो पनि हुन्थ्यो तर हिजो र आजमा फरक यत्ति छ, हिजो हामी बोल्न पाउँदैनथ्यो, आज बोल्न पाउँछौँ ।’

    ‘हिजोको अवस्था भए बालकृष्ण, टोपबहादुरहरूलाई सजाय हुँदैनथ्यो बरु भ्रष्टाचारको विरोध गर्नेलाई नै सजाय हुन्थ्यो’ महासचिव भट्टले थप प्रष्ट्याउनुभयो ।

    उहाँले गणतन्त्रले जनताका समस्या समाधान गर्न नसक्ने कुरा प्रष्ट भए पनि राजतन्त्रतर्फ फर्किन नहुने, त्यसो गर्नु इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउनु हुने दाबी गर्नुभयो ।

    गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

    कार्यक्रममा मन्तव्य राख्दै विशिष्ट अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ठोकुवा गर्नुभयो ।

    ‘अहिलेको गणतान्त्रिक सरकारले ठिक ढङ्गले काम गर्न नसकेको सत्य हो’ उहाँले भन्नुभयो– ‘तर त्यसको अर्थ गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दछ भनने हुँदै होइन ।’

    राजावादीहरू गणतन्त्र र धर्मनिरपेक्षतालाई उल्ट्याउन प्रयासरत रहेको प्रसङ्ग जोड्दै उहाँले प्रगतिशील पत्रकार सङ्घका पत्रकारसित गणतन्त्रको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

    ‘जसरी हाम्रो पार्टीले अप्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ, त्यसैगरी तपाईं पत्रकारहरूले पनि अप्ठ्यारो समस्याको सामना गरिरहनुभएको छ’ उहाँले भन्नुभयो– ‘फेरि पनि अर्को अग्रगामी व्यवस्थाको आधार तयार नहुँदासम्म वर्तमान गणतन्त्रलाई बचाउने पक्षमा पत्रकार मित्रहरूले कलम चलाउनुपर्दछ ।’

    अरू पत्रकार सङ्गठनभन्दा यो सङ्गठन फरक प्रकारको चरित्र र नैतिकतायुक्त भएको बताउँदै उहाँले पुनरुत्थानवादीले फैलाएका सबै खालका भ्रमका विरुद्ध आवाज उठाउन प्रगतिशीलका पत्रकार साथीहरूसित अनुरोध गर्नुभयो ।

    कार्यक्रममा सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले साम्राज्यवादले जनपक्षीय पत्रकारका सामुसमेत गम्भीर चुनौती खडा गरेको बताउँदै त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले साम्राज्यवादले विश्वव्यापी रूपमा फैलाएका शोषण, दमनका विरुद्ध जनपक्षीय प्रगतिशील पत्रकारले योजनाबद्ध र व्यवस्थित रूपमा आवाज उठाउन सुझाव पनि दिनुभयो ।

    सो अवसरमा प्रगतिशीलका संस्थापक सदस्य जगदीश ढकालले सङ्क्षिप्तमा स्थापनाकालको अनुभूति सुनाउनुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानमा अध्यक्ष गिरिप्रसाद बुढा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका र युएई नेपाली एकता समाजका उपाध्यक्ष अर्जुनप्रसाद उपाध्यायको पनि आतिथ्य रहेको थियो ।

    अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता तथा महासचिव प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमका सहभागीलाई कोषाध्यक्ष प्रज्ज्वल पहाडीले स्वागत गर्नुभएको थियो ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.