राम गैरे ‘पाल्पाली’
Advertisement
सपथ खान्छु मैले लक्ष थुनाउने छैन
बिपन्न वर्गलाई माया छुटाउने छैन
गर्दछु सृजनाको खोजी नेपालीको हित
गरीब बस्तीका म पीडा लुकाउने छैन
ठुलै छ यहाँ पर्खाल दुःख अनगिन्ती त्यो
धनको स्वार्थी भै यो शीर नुघाउने छैन
राख्दछु मैले गोपनीय हित राष्ट्र भरी
दुस्मनलाई म जितमा पठाउने छैन
जितेर मन ल्याउँछु जनलहर पनि
जातीय आधारमा देश घुमाउने छैन