काठमाडौँ । मङ्सिरको अन्तिम साता हुने भनिएको बौद्ध पुरातात्विक सहर परियोजनासम्बन्धी गोष्ठी अर्को वर्ष हुने भएको छ ।
Advertisement
बृहत्तर बौद्ध पुरातात्त्विक सहर निर्माण परियोजना समितिकी संयोजक दुर्गा पौडेलले २०८० मङ्सिर २२ गते सो जानकारी दिनुभएको हो ।
अब उक्त कार्यक्रम २०८१ सालको असोज महिनामा सम्पन्न गरिने छ ।
‘सङ्गठनका विभिन्न कामका कारणले तयारीका लागि समय दिन सम्भव भएन’ उहाँले भन्नुभयो– ‘अब अर्को साल असोज महिनामा उक्त गोष्ठी आयोजना गरिने छ ।’
उहाँले मिति र स्थान भने पछि ठेगान गरिने पनि जानकारी दिनुभयो ।