घोराही । घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित श्री रझेना माध्यमिक विद्यालयले व्यवस्थापन अध्यक्षमा हरिप्रसाद गौतमलाई चयन गरेको छ ।
२०८० मङ्सिर १५ गते शुक्रबार बसेको समितिको बैठकले ३ वर्षे कार्यकालका लागि गौतमलाई अध्यक्षमा चयन गरेको हो ।
गौतम विद्यालयको पूर्व प्रधानाध्यापक हुनुहुन्छ ।
समितिले सदस्यहरूमा– नरबहादुर राना, सुजानी सुनार, जानकी वली र हरि प्रसाद गौतम अभिभावकबाट चयन गरेको छ भने सो ४ जनाले मिल्क चौधरि र दिनेश अधिकारीलाई मनोनित गरेको थियो ।
त्यस्तै, वडा कार्यालयको तर्फवाट वडा अध्यक्ष भरतमणि अर्याल पदेन, शिक्षक प्रतिनिधिमा दामोदर बस्नेत र सचिवमा प्रधानाध्यापक उद्धव न्यौपाने रहनु भएको छ ।
समितिको बैठकले दिवा खाजालाई व्यवस्थित गर्न लालमणि आचार्य र निर्माण समिति तर्फ दिनेश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिनु भएको थियोे ।