तमघासबजार । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार क्षेत्री र राजमो जिल्ला सल्लाहकार सदस्य जीवन रानाको उपस्थितिमा २०८० मङ्सिर ११ गते आइतबार सम्पन्न भेलामाझ सो समिति गठन भएको हो ।
१७ सदस्यीय सो समितिको अध्यक्षमा तुल्सी बस्नेत रहनुभएको अध्यक्ष रहनुभएको छ भने उपाध्यक्षमा सुनिल टन्डन सुब्बा, सचिवमा पार्वती घिमिरे, सहसचिवमा माया बस्नेत र कोषाध्यक्षमा सुमित्रा ज्ञवाली रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा थम्मन बस्नेत, कमला घिमिरे, मीना बस्नेत, भगवती बस्नेत, सीता घिमिरे, शकुन्तला बस्नेत, सुन्तली खत्री, सङ्गिता खत्री, टेककली मोत्रा, तारा बस्नेत र माया बस्नेत (बी) रहनुभएको छ ।
सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
भेलामा सांसद थापाले महिलाका समस्या तथा हक, हित र अधिकारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा सबै अतिथिलाई महिलाहरूले फूलमाला लगाएर स्वागत गरेका थिए ।

