खलङ्गा । स्मृतिशेष अस्मिता गिरीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।
Advertisement
अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का लुम्बिनी प्रदेश कोषाध्यक्ष धु्रव गिरीले आफ्नी स्मृतिशेष छोरी अस्मिताको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको हो ।
अट्ठाइसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा जनता माध्यमिक विद्यालय बाग्दुलामा सो कोष स्थापना गरिएको छ ।
उच्च कक्षामा अध्ययनरत बाबुआमाविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने स्थापित अक्षयकोषको राशि पचास हजार रहेको छ ।
प्युठान नगरपालिका वडा नं. ८ निवासी गिरीले विद्यालयका प्रधानाध्यापक इन्द्रमणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेखा बसेललाई संयुक्त रूपमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
स्मृतिशेष अस्मिता गिरीको गत २०८० कात्तिक ६ गते असमायिक निधन भएको थियो ।