बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार तुलापुरमा रहेको भरत चन्दको घरमा शुक्रबार राति १० बजे आगलागी भएको हो। राधा छोरीलाई लिएर भाइको घरमा पाहुना लाग्न जाँदा घटना भएको प्रहरीले जनाएको छ।
घटना हुँदा घरमुली भरत भने घरमा थिएनन्। उनी रोजगारीको लागि बाँकेको कोहलपुरमा बस्ने गरेका आफन्तले बताएका छन्।
आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।