रवि पौडेल, (पाण्डेचरि) ।
Advertisement
अप्यारा छन बाटाहरू
कमजोर छन खुट्टाहरू
गन्तव्य छ अदृश्य
तर यात्रा जारि छ ।।
दुस्मन छन आफ्नैहरू
खुट्टा तान्ने नजिकै छन
आशा दिप बलेको छ
गन्तव्य खोज्न चलेको छ।।
प्रगति भए डाह गर्दछन
आफ्नै दुनो र पकेट भर्दछन
परिवर्तन देखे खासखुस गर्दछन
उन्नति देखे जलेर मर्दछन।।
डाँडा माथि घाम झल्किए
मिठा सपना टर्लक्क टल्किए
आशाको दिप बलिरह्यो
पैदल यात्रा चलि नै रह्यो ।।

