खलङ्गा । प्युठानको स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चा तथा रक्तिम सांस्कृतिक अभियानको प्रगतिशील देउसीभैलो समापन भएको छ ।
राजमो प्युठानका जिल्ला सल्लाहकार तथा भूमि आयोज प्युठानका अध्यक्ष इमानसिंह खड्काको उपस्थितिमा २०८० कात्तिक ३ गते आइतबार सम्पन्न भएको हो ।
कार्यक्रममा राजमोका जिल्ला सल्लाहकार तथा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना, राजमो स्वर्गद्वारी नगर समितिका अध्यक्ष तथा वडाअध्यक्ष गिरबहादुर गुरुङ, अखिल नेपाल शिक्षक सङ्घ नगर समितिका बेगम घर्ती, राजमो वडा समितिका सल्लाहकार कृष्ण पुन र शालिक पोख्रेल, अखिल (छैठौँ) का जिल्ला सदस्य अनिता पुनमगरलगायतको उपस्थिति रहेकोे थियो ।
रक्तिमका कलाकारलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको उक्त कार्यक्रममा देउसीभैलोको आयव्यय लक्ष्मण पुनले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता धनबहादुर पुनले गर्नुभएको थियो भने सञ्चालन लक्ष्मण पुनले गर्नुभएको थियो ।