• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि खतरा बढ्दै गएको मसालको निष्कर्ष


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले देशमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतमाथि खतरा बढ्दै गएको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध साझा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० कात्तिक २८ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै मसालले यस्तो निष्कर्ष निकालेको हो ।

    प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गर्न त्यसको पक्षमा आउने शक्तिमाझ गठबन्धन आवश्यक रहेको बताउँदै मसालले तर त्यसलाई कायम राख्न चुनौती रहेको पनि स्मरण गराएको छ ।

    वर्तमान व्यवस्थाले जनताका आधारभूत समस्या समाधान नगर्ने र त्यसका लागि योभन्दा उच्च स्तरको व्यवस्था आवश्यक पर्ने बताउँदै मसालले भनेको छ : तर त्यो अवस्था निर्माण नहुँदासम्म वर्तमान उपलब्धिको रक्षा गर्नुपर्दछ ।

    पार्टीले कतिपयमा राजतन्त्रमा अहिलेको व्यवस्थाका विकृति नरहने भ्रम रहेको अवस्थामा त्यसलाई गलत बताएको छ । वक्तव्यमा अहिलेको उपलब्ध गुम्यो भने त्यसको पुनस्र्थापनका लागि अझै ठुलो सङ्घर्ष गर्नुपर्ने भएकाले प्रतिगामी खतरा विरुद्धको सङ्घर्षप्रति गम्भीर हुन आग्रह गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेकपा (मसाल) ले प्रतिगमनको खतरा र त्यसका विरुद्ध आउने शक्तिका बिचमा ऐक्यबद्धताका लागि लगातार जोड दिँदै आएको छ । अहिले देशको स्थितिमाथि समग्र रूपले विचार गर्ने हो भने प्रतिगामी शक्तिहरूको गतिविधि बढिरहेको तथा जनआन्दोलनका उपलब्धिहरू लोकतन्त्र गणतन्त्र र धर्मनिरपेक्षतासमेत माथि खतरा बढ्दै गइरहेको कुरामा कुनै शङ्का रहन्न । त्यस प्रकारको अवस्थामा प्रतिगमनको खतरा विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता धेरै नै बढेर गएको छ र त्यसका लागि हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
    देशमा प्रतिगमनको खतरा बढेर गएको कुरामाथि ध्यान दिँदै हाम्रो पार्टीले प्रतिगमनका विरुद्ध भएका शक्तिहरूसित गठबन्धनमा लगातार जोड दिँदै आएको छ । त्यस प्रकारको गठबन्धनका कारणले नै प्रतिगमनको खतरालाई रोक्न हामी धेरै नै सफल हुँदै पनि आएका छौँ तर त्यस प्रकारको एकता वा गठबन्धनलाई कायम राख्न सजिलो छैन । प्रतिगमनका विरुद्ध वा गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा भएका शक्तिका बिचमा एकता वा गठबन्धनको कार्य एउटा अत्यन्त कठिन र जटिल प्रक्रिया हो । खास गरेर गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा भए पनि राष्ट्रियताका पक्षमा उनीहरूका ढुलमुल र सम्झौतपरस्त नीति वा क्रियाकलापका कारणले त्यस प्रकारको गठबन्धनमा समस्या पनि देखा पर्ने गरेका छन् तैपनि हाम्रो पार्टीले गठबन्धनको पक्षमा भएका राजनीतिक शक्तिका गलत नीति वा क्रियाकलापको विरोध गर्दै वा आवश्यकताअनुसार सङ्घर्ष सञ्चालन गर्दै प्रतिगमन विरुद्धको सङ्घर्षलाई लगातार अगाडि बढाउने प्रयत्न गर्दै आएको छ । अहिलेको देशको अवस्थामा त्यो नै सही नीति पनि हो अन्यथा देशमा राजतन्त्रको पुनस्र्थापना हुने तथा धर्मनिरपेक्षताको अन्त हुने गम्भीर खतरा भएको कुराप्रति हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ । यदि त्यसो भएमा देश प्रतिगमनतिर जाने छ र अहिले देशमा विद्यमान भएका उपलब्धिलाई पुन: प्राप्त गर्नका लागि हामीले लामो सङ्घर्ष गर्नुपर्ने छ ।

    अहिले देशमा विद्यमान संसदीय प्रणाली वा गणतन्त्रमा भएका कतिपय कमजोरीमाथि ध्यान दिँदै कतिपय वामपन्थी शक्तिले पनि प्रतिगमनको खतरालाई गौण बताएको वा त्यसप्रति प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले सम्झौतापरस्त दृष्टिकोण अपनाएको कुराप्रति पनि हाम्रो ध्यान छ । निश्चय नै आज देशमा विद्यमान संसदीय प्रणाली वा गणतन्त्रद्वारा जनताका आधारभूत समस्याको समाधान हुन सक्दैन भन्ने कुराप्रति हाम्रो पूरा ध्यान छ । त्यसकारण त्यस प्रकारको व्यवस्थालाई बदलेर अग्रगामी र नयाँ जनवादी क्रान्तिको दिशामा जानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिँदै आएको छ र अहिले पनि दिन्छ तर विद्यमान संसदीय प्रणाली वा गणतन्त्रमा भएका कमजोरीका कारणले देशलाई प्रतिगामी दिशामा लैजान तथा प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले त्यसमा सहयोग पुर्‍याउनु प्रतिगमनको सेवा नै हुने छ ।

    अन्तमा, हामीले पुन: यो कुरामा जोड दिन्छौँ कि देशमा प्रतिगमनको खतरा धेरै नै गम्भीर बनेको छ । एकातिर, भारतीय साम्राज्यवाद र अर्कातिर अमेरिकी साम्राज्यवादका कारणले उनीहरूलाई थप बल प्राप्त हुने गरेको छ । कतिपय मानिसमा यो भ्रम पनि रहेको पाइन्छ कि देशमा राजतन्त्रको पुनस्र्थापना भएमा राष्ट्रियताको रक्षा हुने छ† देशमा राजनीतिक स्थिरता कायम हुने छ र भ्रष्टाचार र बेथितिसमेतको अन्त हुने छ तर इतिहास यो कुराको साक्षी छ : शाहवंशको शासनकालमा नै धेरै काण्ड हुने गरेका थिए, जसको पछिल्लो उदाहरण नारायणीहिटी काण्ड हो । पछिल्लो कालमा निरङ्कुश राजतन्त्र र पञ्चायती शासनकालअन्तर्गत नै देशमा व्यापक भ्रष्टाचार, तस्करी, महिलामाथि बलत्कार, हत्या भएका घटना कसैबाट लुकेका छैनन् । देशमा राजाको शासन भएको बेलामा नै भारतले कालापानी कब्जा गरेको र राजाले त्यसको कुनै विरोध नगरेको कुरा पनि आम रूपमा थाहा भएको कुरा हो तैपनि राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर देशलाई प्रतिगमनको दिशामा लैजान योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा देशलाई प्रतिगमनतिर लैजाने सबै प्रकारका गतिविधि वा षड्यन्त्रको विरुद्ध व्यापक भण्डाफोर गर्न तथा जनताको चेतना उठाउन सङ्गठित रूपले प्रयत्न गर्न हाम्रो पार्टीले आम जनतासित अपिल गर्दछ ।”

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.