काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न मुलुकहरुमा कार्यरत यूएन मिसनहरुमा सहभागी हुने क्रममा युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स (अन्डोफ) सिरियामा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
सिरियाको लागि श्री फोर्स हेडक्वाटर सपोर्ट युनिट (शान्ति सेना) १२ औँ डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) सातौँ डफ्फा, श्री इन्जिनियर सेमु (शान्ति सेना) आठौँ डफ्फा, श्री लेबल १ (प्लस) अस्पताल (शान्ति सेना) पाँचौँ डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) चौथो डफ्फाका २३४ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी सुनिल कुमार मल्लको नेतृत्वमा इथियोपियन एयरलाइन्सको चाटर्ड विमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
उक्त मिसनमा तैनाथ श्री फोर्स हेडक्वाटर सपोर्ट युनिट (शान्ति सेना) ११ औँ डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) छैठौँ डफ्फा, श्री इन्जिनियर से.मु. (शान्ति सेना) सातौँ डफ्फा, श्री लेबल १ (प्लस) अस्पताल (शान्ति सेना) चौथो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) तेस्रो डफ्फाको १५८ जना नेपाली शान्ति सैनिकहरू सेनानी देव गुरुङ्गको नेतृत्वमा मिति २०८० कार्तिक २३ गते नै स्वदेश आगमन भएका छन्।
हाल उक्त मिसनमा नेपाली सेनाबाट फोर्स कमाण्डर १ जना, स्टाफ अधिकृत १४ जना र कन्टिन्जेन्टमा ४०० जना गरी कुल ४१५ जना शान्ति सैनिकहरु कार्यरत छन्।