धनगढी । कैलाली जिल्ला अदालतमा सोमबार राति चोरी भएको छ। अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Advertisement
मध्यराति भएको चोरीको घटना अर्को दिन कार्यालय खुल्दा मात्रै बाहिरिएको थियो। कार्यालय खुल्दा कर्मचारीहरुले चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अदालतको सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्ति अनाधिकृत रुपमा प्रवेश गरेको भिडिओ कैद भएको छ। सो फुटेज प्रहरीले अनुसन्धानका लागि लगेको छ।
अभिलेख शाखाबाट दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरी भएको प्रहरीले जनाएको छ।