• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गुल्मीमा राहदानी बनाउन एकदिन अगावै टोकनको व्यवस्था


  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
  • तम्घास बजार । गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दसँै र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

    Advertisement

    दैनिकरूपमा सरदर ४० वटा राहदानीको आवेदन सङ्कलन गर्ने क्षमता रहेको कार्यालयमा हिजोआज दैनिक ९० देखि एक सयसम्म राहदानीपका लागि आवेदन सङ्कलन हुने गर्दछ । कार्यालयमा अहिले सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेकाले भीडभाड कम गर्न एक दिनअगावै टोकन वितरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

    कार्यालयको क्षमताभन्दा बढी सेवाग्राहीको चाप भएकाले कार्यालय समय अतिरिक्त थप समय व्यवस्था गरेर दैनिक एक सय जनाको राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने गरिएको र सोहीअनुसार एक दिन अगाडि नै टोकन वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । टोकन वितरण गर्दा व्यवस्थित हुने र पालोमा मात्रै सेवाग्राही उपस्थित हुने भएकाले भीड पनि कम हुने जनाइएको छ ।

    कार्यालयको क्षमताभन्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राखेर कार्यालयले सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेको भनाइ थियो । अहिले देश तथा विदेशबाट पर्व मनाउन गाउँघर आउनेका साथै समयको सदुपयोग गरेर नागरिकताको साथमा राहदानी बनाउने सेवाग्राही बढी हुने गरेको प्रशासन फाँटका नायब सुब्बा प्रेम खनालले बताउनुभयो ।

    यसैगरी नागरिकता लिने सेवाग्राहीको सङ्ख्यामा पनि उल्लेखनीयरुपमा वृद्धि भएको छ । दैनिक सरदर ४० देखि ५० नयाँ नागरिकता जारी हुने जिल्ला प्रशासनमा अहिले दिनमा एक सयभन्दा बढीले नयाँ नागरिकता र ५० भन्दाबढीले प्रतिलिपि लिने गर्दछन् ।

    कार्यालयमा राहदानीसँगै नयाँ नागरिकता बनाउने र प्रतिलिपि लिनेहरुको चाप बढ्दै गएसँगै राति अबेरसम्म प्रशासन कार्यालयमा भीडभाड देख्न सकिन्छ । राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्यरुपमा भर्नुपर्ने भएका कारण दैनिक एक सय ४० भन्दा बढीले राष्ट्रिय परिचयपत्र भर्ने गरेको प्रशासनले जनाएको छ ।

    सेवाग्राहीको सहजताका लागि विचौलीयाबाट कोही पनि नठगिउन भनेर कार्यालयले नि:शुल्क राहदानीको आवेदन फाराम भर्ने व्यवस्था गर्दै आएको छ । कार्यालयभित्र सहयोगी कक्ष स्थापना गरेर नि:शुल्करुपमा निवेदन लेख्नेदेखि निश्चित मूल्यमा हुलाक टिकटकोसमेतको व्यवस्था मिलाइएको छ ।

    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.