• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङबाट पहिलो चरणमा भूकम्प पीडितलाई ५० लाख राहत पठाइने


  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
  • बलेवा (बागलुङ) । भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुमपश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा रू ५० लाखको राहत पठाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् ।

    Advertisement

    बैठकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको हो । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक सय ५७ जनाको मृत्यु भएको छ ।

    दुई सय ५० बढी घाइते छन् भने सयौँ मानिस घरबारविहीन भएका छन् ।

    बैठकमा उपस्थित सबैले आफ्नोआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सङ्कलित सहयोगलाई जिल्ला प्रशासनमार्फत वितरण गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । अन्य सङ्घसंस्थाको सहयोग पनि व्यवस्थापन गरेर थप सहयोग पठाइने उहाँले बताउनुभयो ।

    जिल्लाका चार नगरपालिकाले रू छ लाख ३० हजारको दरले र छ गाउँपालिकाले रू चार लाख २० हजारका दरले गरी रू ५० लाख सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकममध्ये नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा अत्यावश्यक सामग्री खरिद गरेर पीडितलाई वितरण गर्ने तयारी भएको छ ।

    भूकम्प पीडितको वितरणका लागि जिल्लाको टोली त्यसतर्फ आज जाने श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार बागलुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सङ्घसंस्थाले पनि राहत सामग्री सङ्कलन गरिरहेका छन् । “हामीले न्यानो कपडा सङ्कलन गरिरहेका छौँ । वितरणका लागि टिम बनाएर पठाउने तयारी छ”, उहाँले भन्नुभयो, “पीडितलाई जे आवश्यक छ । त्यो पुर्‍याउन प्रशासनले पनि समन्वय गरिदिनुपर्छ ।”

    बैठकमा पुगेका सिवाइसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले भूकम्प पीडितका लागि रू ५० हजार सहयोग गर्ने घोषण गर्नुभयो ।

    कालीका भगवती गुठी व्यवस्थापन समितिले रू एक लाख दिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले रुकुमपश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर त्यहाँ आवश्यकपर्ने सामानको प्राथमिकीकरण गरिदिन आग्रह गर्नुभयो । विशेषगरी जाडो मौसम भएकाले न्यानो कपडा, खाद्यान्न र औषधि आवश्यकपर्ने भएकाले सोही प्रकारको सामान सङ्कलनलाई तीव्रता दिएको भन्दै आजसम्ममा प्रभावित क्षेत्रमा उक्त सामग्री पुर्‍याउने तयारी भएको उहाँले बताउनुभयो ।

    नेपाल रेडक्रमस सोसाइटीका सभापति जगन्नाथ आचार्यले कम्तीमा ५० परिवारका लागि पाल, कम्मल र खाने पकाउने भाँडाको व्यवस्थापन गर्ने जानकारी गराउनुभयो ।

    जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बस्ने व्यवस्थापन समस्या हुने भएकाले न्यानो कपडा र अस्थायी टहरा बनाउने काममा जिल्लाबाट साथ दिनुपर्नेमा जोड दिनुभयो ।

    बैठकमा उपस्थित भएका सुरक्षा निकायका प्रमुखले आवश्यकताका आधारमा स्वयंसेवक पठाउन सक्ने, सुरक्षाको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

    विपत्को खोजी उद्धार सकिएकाले पुन:निर्माणलगायतका काममा जिल्लाबाट आवश्यक सहयोगका लागि टिम तयार गर्ने विषयमा छलफल भएको थियो ।

    कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्राथमिकताका आधारमा सहयोग जुटाउन आग्रह गर्नुभयोे । पहिलो चरणको राहत प्याकेज सोमबार जाने र दोस्रो प्याकेजमा थप सामग्री तथा स्वयंसेवकसमेत लैजाने गरी कार्यक्रम बनाइएको सहायक प्रजिअ बरालले बताउनुभयो ।

    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.