मन्थली । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ ।
Advertisement
२०८० कात्तिक १७ गते शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरू आपसमा भिडेपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको हो ।
वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबिच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
‘राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ’ उहाँले भन्नुभयो ।
एउटै कम्पनीका दुई पाइलटबिच के कति कारणले कुटाकुट भएको हो ? त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ । (रासस)