• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मुगु सामूहिक हत्या : यथार्थ विवरण आएन


  •   बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
  • गमगढी । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्तादिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन सकेको छैन ।

    Advertisement

    गत ८ गते बुधबार सो घटना भए पनि दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयबासीको सूचनापश्चात् प्रहरीले २८ वर्षीय आमा श्रीदेवी, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहरलाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

    बैदेसिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका पति दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पुर्‍यायो ।

    सोमबारसम्म चारओटै शवको परीक्षण सकिए पनि मृतक पत्नी र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अड्को दीपकले थापेपछि दाहसंस्कार हुन सकेको छैन । घटनाबारे जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अध्ययन गरिरहेको दाबी गरिएको छ ।

    सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिबार ११ गतेदेखि सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्युरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज–अनुसन्धान टोली खटाएर अनुसन्धान तीव्र बनाएको थियो । जुम्लाबाट पनि सो घटनाको अनुसन्धानमा सघाउन प्रहरीको विशेष टोली मुगु पुगेको थियो ।

    घटनाको प्रकृति र अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमा पुग्नुभएको थियो ।

    उहाँले भन्नुभयो– ‘अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौँ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्ने छ ।’

    घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए पनि घटना भएको हप्तादिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन ।

    प्रहरी नायब उपरीक्षक थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेको छ । अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

    प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट सो घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोबारले हत्या भएको हुन सक्ने अनुमान गरी प्रहरीले गरिरहेको छ ।

    प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि अनुसन्धान भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाईछाड्ने प्रहरीले दाबी छ ।

    शवहरुको परीक्षण सोमबारै सकिएकोले अब घटनाबारे सुक्ष्म अध्यायन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराउनुभयो ।

    यता, जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहँुदा शव गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘प्रहरीले अनुसन्धान गरिरहेको छ । सूक्ष्म अध्ययनका लागि शव परीक्षण पनि भइसक्यो । अब आफन्तले शव बुझिदिए राम्रो हुने थियो । (रासस)

    बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.