तौलिहवा । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. २ को मगरकट्टामा राष्ट्रिय जनमोर्चाको वडासमिति गठन भएको छ ।
राजमो जिल्ला समितिका सचिव केरसिंह अदैको उपस्थितिमा २०८० कात्तिक १४ गते मङ्गलबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले हीरालाल तेली अध्यक्ष रहनुभएको ११ सदस्यीय राजमोको वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा आज्ञाराम भर, सचिवमा साहेब मुर्या र कोषाध्यक्षमा मीना कहार तथा सदस्यहरूमा राधेश्याम कोरी, गोपाल तेली, नन्दा कहार, धिरौ भर र किसान तेली रहनुभएको छ ।
वैकल्पिक सदस्यमा शिवा शाही रहनुभएको सो समितिमा एक स्थान रिक्त राखिएको छ ।
हीरालाल तेलीको अध्यक्षतामा अगाडि बढेको उक्त भेलामा सचिव अदैले देशको राजनीतिक परिस्थिति, राजमोको नीति तथा कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।
भेलामा राजमो जिल्ला सदस्य त्रिवेणी कुर्मी र राजमो विजयनगर पालिका समितिका अध्यक्ष गोविन्द परिवारले पनि मन्तव्य राख्नुभएको थियो ।
भेलापछिको बसेको बैठकले राजमोको सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।