काठमाडौं । भारतमा चचर्चित निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिइएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान साढे ५ बजे झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।
सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई आज बिहानै मृत्युदण्ड दिइएको हो । यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो ।
दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
१६ डिसेम्बर सन् २०१२ मा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कारपछि हत्या गरेका छन्।
बलात्कारमा संलग्न प्रमुख आरोपी राम सिंहले पक्राउपछि जेलमा आत्महत्या गरेका थिए भने एक आरोपी नाबालिग साबित भएपछि उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनी सुधारगृहबाट रिहा भइसकेका छन् ।